IME Life

सुकुटे दुर्घटनामा मृतकको संख्या १६ पुग्यो, बीमा दावीले करोड छुने

SPIL
NIC ASIA

अपडेटः १७ः१६

काठमाडौं । आइतबार अपरान्ह सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । सिंगो बस नै खोलामा खसेर भएको दुर्घटनामा ४६ जनाको उद्धार गरिएको जानकारी प्राप्त भएको छ ।
दोलखाबाट काठमाडौ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा आईपुगेपछि सुनकोशी नदिमा खसेर दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

Prabhu
Crest

घटनामा ठूलो मानवीय क्षति भएकोले यात्रु बीमा दावी रकमले करोड छुने प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक यातायात भएकोले यात्रु बीमा लगायतका बीमा दावी पर्ने अनुमान गरिएको छ । यद्यपि बीमा शुल्क तिरेर नविकरण नगरेको अवस्था रहेछ भने बीमा कम्पनीले बीमा दावी भुक्तानी गर्नेछैन ।

…………………………………………………………………………….

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, छ जनाको मृत्यु

काठमाडौं । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको एक यात्रुबाहक बस सुनकोशी नदिमा खसेर दुघट्नाग्रस्त हुँदा छ जनाको मृत्यु भएको छ ।

तिहार मनाएर काठमाडौं फर्कदै गरेका यात्रुले भरिएको बा२खा ७२४५ नम्वरको यात्रु बाहक बस अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेबिच नजिकै सुनकोशी नदिमा दुर्घटनामा परेको हो । आइतबार अपरान्ह १ः३० बजेको समयमा बस नदिमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा थुप्रै घाइते छन् । घाइतेको संख्या यकिन भइसकेको छैन । हालसम्म पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको सुनकोशी नदिमा र्याफ्टिङ गर्ने बोटमार्फत खोजी कार्य तीव्र पारिएको छ ।

उता, दुर्घटनामा ठूलो मानवीय क्षति भएकोले बीमा दावी पर्ने देखिएको छ । सार्वजनिक यातायातका साधनमा यात्रु बीमा अन्तर्गत तथा तेस्रो पक्ष बीमा अन्तर्गत बीमा दावी पर्ने गर्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS