IME Life

मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न कालिका र जनसेवी लघुवित्तको कात्तिक २५ गते विशेष सभा

SPIL
NIC ASIA

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले एकै दिन विशेष साधारण सभा बोलाएका छन् । यी दुवै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न कात्तिक २५ गते विशेष सभा बोलाएका हुन् ।

कालिका लघुवित्तको सभा द जंगल रेष्टुरेन्टको सभाहल, वालिङ स्याङ्जा मा बिहान ११ बजे सुरु हुने जनाएको छ भने जनसेवीको सभा होटल बेञ्जुको सभाहल, कुस्मा पर्वतमा बिहान ११ बजे नै सुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभामा यी दुवै संस्था एक आपसमा गाभिने मुख्य प्रस्ताव सहित विषेश साधारण सभा बोलाएका हुन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा छ ।

त्यस्तै, सभाले मर्ज सम्बन्धी अन्तिम सम्झौता पत्र तथा अन्य सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्विजिसनपछि जारी तथा चुक्ता पुँजी र सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुने जनाएको छ ।

मर्जपछि कम्पनीको नाम जनकालिका लघुवित्त कायम हुनेछ । दुवै कम्पनी गाभिए पश्चात संस्थाको केन्द्रीय कार्यालय पोखरा वडा नं १० मा रहने प्रस्ताव पनि राखिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS