युनाइटेड इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गते साधारण सभा गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४।७५ को साधारण सभा कात्तिक २६ मा गर्ने निर्णय गरेको हो ।
युनाइटेडले सभा प्रयोजनका लागि कात्तिक ८ गते देखि कात्तिक २६ गते सम्म बुक क्लोज गर्नेछ । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न केही समय अघि मात्रै २४० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदपछि कम्पनीको पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्ने भएको छ ।