काठमाडौं । सिर्जना फाइनान्सको (शुक्रबार) असोज १७ गते देखि ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसमा कात्तिक २१ गतेसम्म आवेदन दिन सकिनेछ । असोज ५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइने छ ।
हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।