IME Life
Beema Board

सुन्धारामा दशैं अफर, एउटा मोबाईल किन्दा अर्को सित्तैमा साथमा एक लाखको बीमा

SPIL
NIC ASIA

काठमाडौं । यतिबेला नेपालीहरुलाई दशैंले झपक्कै छोपिसकेको छ । दशैंको अवसरमा विभिन्न मलहरुले विभिन्न खालका छुट सुविधाहरु पनि दिन थालेका छन् । यसै क्रममा सुन्धारास्थित सीटीसी मलमा रहेको मोबाईल हबले मोबाईल सेट नै सित्तैमा विरण गर्ने अफर ल्याएको छ । आइतबारदेखि सुरु ‘दशैं मोबाइल मेला’ मा यस्तो अफर ल्याएको मोबाईल हबले जनाएको छ ।

मोबाईल हबले आईम्याक्सको सेट खरिदमा ‘बाई वान गेट वान फ्रि’ अर्थात एउटा खरिद गर्दा अर्को सित्तैमा दिने स्कीम ल्याएको छ । मोबाईल हबका सेल्स अधिकृत सुवास राईले दिएको जानकारी अनुसार आई म्याक्सको सेटमा यस्तो सुविधा दिइएकोछ । त्यस्तै सेट अनुसार केही मोबाईल सेट खरिदमा एक लाख रुपैयाँसम्मको बीमा उपहार दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार महंगा केही सेटहरु खरिद गर्दा बीमा मोबाईल सेटवाला कम्पनीकै आधिकारिक बिक्रेतामार्फत उपलब्ध गराइएको छ । त्यस्तै मोबाईल हबले मुभी टिकेट फ्रिमा दिने अभियान समेत चलाएको छ ।त्यसबाहेक उक्त मेलामा इण्डोनेसिया भ्रमणदेखि मोटर साइकलसम्मको उपहार राखिएको जनाइएको छ ।

Prabhu
Crest

सिटिसी मलभित्र रहेको मोबाईल हबमा ६० प्रतिशतसम्म छुटमा मोबाइल खरिँद गर्न सकिनेछ भने खरिदकर्तामध्येबाट प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको ‘रे जेड स्कूटर’ उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । मेलालाई आकर्षण गर्नका लागि उपहार स्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज समावेश छ ।

मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ । त्यस्तै किन्ने मात्रै नभएर मोबाईल अवलोकन गर्नेहरु मध्येबाट गोलाप्रथाको माध्यमबाट स्मार्ट फोन वितरण गरिनेछ । यि अफरहरु सुन्धरास्थित सीटीसी मोबाइल हबसँगै दरबारमार्गस्थति मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा लागू हुने कम्पनीले जनाएको छ । यस्तो मेला कात्तिक १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS