IME Life
Beema Board

सन नेपाल लाईफले बिर्सियो आफ्नै बार्षिकोत्सव, सुर्खेत र धनगढी शाखाले मनाए, केन्द्रले मनाएन

SPIL
NIC ASIA

काठमाडौं । २०७४ साल आजैका दिन बीमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईले भव्य कार्यक्रमका बीच केन्द्रीय कार्यालयमा कारोबारको औपचारिक सुभारम्भ गरेको सन नेपाल लाईफ आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज भने सन नेपाल लाईफको केन्द्रीय कार्यालयले कुनै औपचारिक कार्यक्रम गरेन भने केही शाखा कार्यालयले कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका छन् ।

जनतालाई बचत गर्न प्रेरणा दिँदै दशौं बर्षसम्म हिसाब किताब राख्नुपर्ने बीमा कम्पनीले आफ्नै बार्षिकोत्सव बिर्सन पुगेपछि सोमबार सन नेपाल लाईफको केन्द्रीय कार्यालयमा कुनै औपचारिक कार्यक्रमहरु आयोजना गएिनन् । सन नेपाल लाईफको केन्द्रीय कार्यालयले तेस्रो बार्षिकोत्सवमा कुनै कार्यक्रम आयोजना नगरेको एक कर्मचारीले जानकारी दिए । बार्षिकोत्सव कार्यक्रमबारे नै बिर्सेको सम्बन्धमा सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कुनै प्रतिक्रिया दिन मानेनन् ।

Prabhu
Crest

यसैबीच, सन नेपाल लाईफको सुर्खेत शाखा कार्यालयले एक कार्यक्रमका बीच तेस्रो बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वार्षिक उत्सव मनाउने क्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर न.पा. ०३, सुर्खेत जिल्लामा रहेको प्रशान्ती वृद्धआश्रममा आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठको उपस्थिथिमा वृद्धबृद्धाहरुलाइ खाद्यान्न, फलफुल तथा जुस बितरण गरेको छ । सन नेपाल लाइफले ०७४ असोज २९ गते सुर्खेत शाखाको उद्घाटन गरेको थियो । सुर्खेत शाखाले कर्णाली प्रदेशमा दश वटा कार्यालयबाट सेवा दिइरहेको र हाल कम्पनीले सवै उमेरका व्यक्तिहरुलाइ समेट्ने गरी १२ वटा वीमा योजना बजारमा ल्याएको शाखाका शाखा प्रवन्धक गोविन्द ढकालले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रममा खाद्यान्न, फलफुल, जुस वितरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका बीमा अभिकर्ता, मार्केटिङ म्यानेजर, कर्मचारी, समाजसेवीलगायतका उपस्थिति थियो ।

२०७४ सालमा स्थापना भएको सन नेपाल लाईफले झण्डै दुई वर्षको अवधीमा कम्पनीले १८ करोडभन्दा बढि मुनाफा आर्जन गरिसकेको छ । अघिल्लो वर्ष ८ करोड मुनाफा गरेको कम्पनीले गत आवमा १० करोडभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ ।
उता, धनगढी शाखाको आयोजनामा स्थानीय एक अस्पतालमा फलफूल वितरण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS