काठमाडौं । बीमा समितिले बिहिवार सबै बीमा कम्पनीका सिईओहरुसहित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अर्थमन्त्रालयबाट आगामी असोज ३ गते मनाइने संविधान दिवसको सन्दर्भमा छलफल गर्न बीमा समिातिका अध्यक्ष चिरञ्जीवी चापागाईको नेतृत्वमा जीवन बीमा कम्पनी र निर्जिवन बीमा कम्पनीका सिईओ तथा प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा अधिकांश सिईओहरु उपस्थित थिए । बीमा समितिले संविधान दिवस सभ्य र भव्य रुपमा मनाउने सन्दर्भमा जनसहभागिता बृद्धि गर्ने तथा अर्थमन्त्रालयको निर्देशन बमोजिमको छुट सुविधा दिने सम्बन्धमा छलफल भएको जनाएको छ ।
एक बीमा कम्पनीका सिईओका अनुसार असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा अनिवार्य उपस्थितिको लागि व्यवस्था मिलाउने भन्ने सम्बन्धमा छलफल भएको बताए ।