काठमाण्डाै । चिनियाँ बिदेशमन्त्री वाङ वीकाे नेपाल भ्रमणकाे अघिल्लाे दिन काठमाणडाैमा नेपाल चीन इकाेनाेमिक तथा व्यापार सहकार्य फाेरमकाे सम्मेलन सुरू भएकाे छ ।
बेइजिङस्थित नेपाली दुताबास र इकाेनाेमिक ज्वाईन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राइजेजकाे संयुक्त अायाेजनामा अायाेजित कार्यक्रममा नेपालमा लगानीका सम्भावनाहरूमाथि छलफल हुनेछ ।
शनिवार बिहान उपराष्ट्रपति नन्द बहादुर पुनले एक समाराेहबीच उद्घाटन गरेकाे फाेरममा नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उद्याेग मन्त्री मातृका यादव, पर्यटन मन्त्री याेगेश भट्टराई तथा छ वटा प्रदेशका मुख्य मन्त्रीहरू सहभागी छन् । त्यस्तै चिनियाँ इन्डष्ट्रीज पार्कका महासचिव लि झुसेङले नेतृत्व गरेकाे व्यवसायिक टाेली सहभागी छन् ।
काठमाण्डाैमा सुरू भएकाे दाेस्राे सम्मेलनमा नेपाल र चीन बीच केही महत्वपूर्ण सम्झाैतामा हस्ताक्षर हुनेछ ।