IME Life
Beema Board

यस्तो बन्दैछ बीमा समितिको अत्याधुनिक भवन, सात तल्ले भवनका लागि टेण्डर आह्वान

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले अत्याधुनिक भवन बनाउने प्रक्रिया सुरु गरेको छ । ललितपुरको कुपण्डोलमा हालको बीमा समिति रहेकै स्थानमा बन्न लागेको अत्याधुनिक भवन आगामी तीन वर्षभित्र निर्माण गरिने लक्ष्य बीमा समितिले लिएको जनाएको छ ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ललितपुर महानगरपालिकाबाट सात तल्ले भवन निर्माणको नक्सा पास भइसकेको छ । १० हजार बर्ग फिटको भवनमा दुई तल्लो बेसमेन्ट पार्किङ, अन्तर्राष्ट्रिय समेमिनार हल तथा उर्जाको लागि छतमा सोलार प्लान्ट समेत हुनेछ । त्यस्तै फायर फाईटिङ, अपाङ्गमैत्री तथा नेटवर्किङलगायतको सुविधा भएको भवनमा लिफ्ट तथा एलेभेटर लगायत अत्याधुनिक प्रविधिसहितको भवनको नक्सा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन गरेको हो । पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा अन्तर्गत अत्याधुनिक प्रविधियुक्त भवनको डिजाईन गरिएको हो ।

Prabhu
Crest

बीमा समितिले भवन निर्माणको लागि बिहिवार गोरखापत्रमा सार्वजनिक सूचनामार्फत टेण्डर आह्वान गरिसकेको छ । टेण्डरमा सहभागी हुन २० हजार रुपैयाँ फारम शुल्क र एक करोड ६० लाख रुपैयाँ बैंक ग्यारेन्टी पेश गर्नुपर्ने उल्लेख छ ।

टेण्डरमा उल्लेख गरिएको विवरणको आधारमा भवनको लागत ८० करोड हाराहारी अनुमानित लागत रहेको देखिएको छ ।
आगामी सेप्टेम्वर १८ तारेखसम्मको समयवधी राखेर बीमा समितिले टेण्डर आह्वान गरेको छ । दशैं अघि टेण्डर प्रक्रिया पूरा गरेपछि निर्माण सुरु हुने बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS