काठमाडौं । अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण चालु आवको साउन महिनाभित्रैमा सार्वजनिक गरि सक्नुपर्ने भएपनि दुई बीमा कम्पनीले अझै अटेर गर्दै विवरण सार्वजनिक गरेका छैनन् ।
वित्तीय विवरण सार्वजनिक नगर्ने दुवै बीमा कम्पनी भारतीय लगानीमा सञ्चालित कम्पनीहरु हुन् । नेशनल इन्स्योरेन्स कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले आलसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
बीमा समितिको नियम अनुसार सबै बीमा कम्पनीहरुले साउन महिनाभित्रैमा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्दछ । बीमा समितिले निर्धारित मितिमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीमाथि कारवाही गर्न नसक्दा बीमा कम्पनीहरुले समितिको नियमलाई अटेर गर्दै आएका छन् ।