IME Life

दम्पति बीमामा समस्या नै समस्या, नियमन गर्ने योजनामा बीमा समिति

SPIL
NIC ASIA

काठमाडौं । बीमाको आधारभूत मूल्य मान्यताभन्दा बाहिर गएर दम्पति बीमाको दुरुपयोग हुन थालेपछि बीमा समितिले समेत नियमन गर्ने योजना बनाएको छ ।

सुरु भएको एक वर्ष पनि नपुग्दै दम्पति  बीमाको चर्को दुरुपयोग सुरु भएको छ । बीमा समितिले दम्पति बीमालेखको दुरुपयोग बढेकाले कडाई गर्ने तयारी गरेको अध्यक्ष चिरञ्जीवी चापागाईले इन्स्योरेन्स खबरलाई बताए ।

Prabhu
Crest

दम्पत्ति बीमालेख जारी गर्दा बीमा सम्बन्धी सैद्धान्तिक रुपमा पनि समस्या परेको छ । बीमाको सिद्धान्त अनुसार प्रिमियम नलिई जोखिम बहन गर्न पाइदैन । दम्पति बीमामा एक जनासँग शुल्क लिएर दुवै जनाको जोखिम बहन गर्ने गरिन्छ ।

त्यसो त दम्पत्ति बीमालेखको व्यापक दुरुपयोग बढेको छ । कर छल्नका लागि गृहणी श्रीमतीको नाममा बीमा गरेर आम्दानीको कर नतिर्न यो बीमालेखको दुरुपयोग भएको रिपोर्ट बीमा समितिमा पुगेको छ ।

दम्पत्ति बीमालेख गर्दा श्रीमान र श्रीमती दुवैको आम्दानीको स्तर हेरेर बीमा गराउनुपर्ने र श्रीमती निरक्षर वा घर गृहस्थी भएको खण्डमा त्यसै अनुरुप थोरै प्रिमियममा बीमा गराउने तयारीमा जुटेको बीमा समतिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बताए ।

श्रीमान र श्रीमति दुबैको राम्रो आम्दानी छ, प्रिमियम तिर्न सक्छन् भन्ने पुष्टि भएमा मात्रै बीमा गर्न पाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । एक जनाको कमाई देखाएर दुईजनाको प्रिमियम तिर्ने समस्या बढ्दै गएको कारण यसमा कडाई गर्न लागेको समितिका कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

बीमा पोलिसी गुणात्मक रुपमा मात्र बिक्रि भईरहेको छ । पोलिसी बिक्रिमा गुणस्तरलाई पनि बिशेष ध्यान दिनुपर्छ तर हाल यस बिषयमा खासै नदेखाएकोे कारण यस्तो समस्या देखापर्न गएको समितिका कार्यकारी निर्देशक पौडेलले इन्स्योरेन्सखबरलाई बताए ।

किन चाल्यो समितिले कदम ?

केही समयअघि भएको पोखरा र रौतहटको घटनाले बीमा बजारमा विकृति भित्राउन सक्ने कारणले गर्दा निराकरणको बाटो रोज्न समितिले जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफलमा बोलाएको थियो ।

रौतहटमा २५ लाख रुपैयाँ बीमा दावी गर्ने उद्देश्यले आफ्नौ छोरीको हत्या र पोखरा रामबजारमा रमेश नेपालीले एक करोड रुपैयाँ बीमा दाबीको प्रलोभनमा परि भाडाका अपराधी लगाएर आफ्नै श्रीमतीको हत्या जस्तो घटना बारम्बार नदेहोरीयोस् भन्नको लागि समितिले यस्तो कदम चालेको पौडेलले बताए ।

अभिकर्ताको टार्गेट पुराउने होडबाजीले उत्पन्न समस्या

बीमा अभिकर्ताले टार्गेटको कारण बीमा सङख्यात्मक रुपमा मात्र बिक्रि गराउदा समस्या आएको समितिले जनाएको छ । पोलिसी बिक्रिमा गुणस्तरलाई पनि ध्यान दिने हो भने यस्तो समस्या देखा नपर्ने समिति जनाउछन् ।
अभिकर्ताले टार्गेटका मारमा बीमा अन्डरराईटिङ र बिमितको अवस्था र क्षमता अनुसारको आवश्यक पोलिसी बिक्रि गर्न नसकेको कारणले गर्दा पनि समस्या आएको हुन सक्ने अनुमान समितिले गरेको छ ।

हाल ७ वटा बीमा कम्पनीहरुले दम्पती बीमालेख बिक्रि गर्दै आईरहेको छ । सानिमा लाईफ, एशियन लाईफ, लाईफ इन्स्योरेन्स कर्पोशन, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले यस बीमा योजना बिक्रि गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS