IME Life

बीमा अभिकर्ता सम्मानित र आर्थिक रुपमा स्वतन्त्र पेशा हो- दिपक बराल

SPIL
NIC ASIA
दिपक बराल, एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

सिन्धुली, फिक्कल गाउँपालिका, खाङसाङमा जन्मेका दिपक बराल आज भन्दा लगभग १५/१६ वर्र्षअघि सपनाको शहर काठमाडौं छिरेका थिए । गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने मनसाय बोकेर शहर पसेका दिपक भन्छन्, ‘जुन सपना लिएर म शहर पसेको थिए, आज सफल पनि भएको छु ।’ हाल नेपाल लाईफको एजेन्सी म्यानेजर बनिसकेका बराल बीमा अभिकर्ता पेशामा लागेर आफ्नो स्नातकोत्तर तहसम्मको पढाई सम्भव बनेको बताउँछन् ।

हाल दिपक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सि म्यानेजर हुन् । उनी विगत १०/१२ वर्षदेखि बीमा अभिकर्ता पेशामा जोडिन पुगेका थिए । बराल नेपालमा सञ्चालित दर्जन हाराहारी जीवन बीमा कम्पनीहरुमा बीमा अभिकर्ताको रुपमा जोडिदै अन्त्यमा नेपाल लाईफ नै उत्कृष्ट देखेर निरन्तर रुपमा चार वर्षदेखि नेपाल लाइफमा छन् ।

Prabhu
Crest

स्वतन्त्र पेशा, सजिलै आम्दानी गर्न सकिने, जनसम्पर्क बढ्ने पेशा भएर आफु बीमा अभिकर्ता पेशामा लागेको बरालको भनाई छ । मेट लाइफ इन्स्योरेन्समा दिपकका साथीले पहिलो पटक जीवन बीमा गरिदिएका थिए, त्यहिबेला नै उनलाई पनि बीमा अभिकर्ता बन्न मन लागेको थियो । तर त्यो समयमा बीमा अभिकर्ता बन्न सजिलो थिएन, त्यसैले केही ढिलाई हुन पुगेको उनको अनुभव छ ।
त्यतिबेला बीमा कम्पनीहरुले अभिकर्ताको तालिम दिदैँनथे, जतिबेला उनी बीमा अभिकर्ता बन्न चाहान्थे । उनले बीमा समिति मै गएर बीमा अभिकर्ताको तालिम लिई बीमा अभिकर्ताको लाइसेन्स हात पारेका थिए । बीमा अभिकर्ता बन्ने ईच्छा पहिलेदेखि नै भएका बरालको सपना कडा मेहनत गरेपछि मात्रै पूरा भएको थियो ।

बीमा अभिकर्ताको लाइसेन्स लिएपछि दिपकले पहिलो बीमा आफुले चिनेको एक जना दाईको गरेका थिए । दिपकले आफुलाई पहिलो बीमा बुझाउन खासै गाह्रो नपरेको बताए । पहिलो बीमा सहजै रुपमा गर्न सफल भएपछि दिपक अझ यो पेशामा आकर्षित भएको अनुभव साट्छन् ।

त्यतिबेला देखि नै यहि पेशालाई निरन्तरता दिन्छु भन्ने भावना उनको मनमा जागेको थियो । अभिकर्ताको कामलाई निरन्तर रुपमा अगाडी बनाउँदै गए । अभिकर्ता पेशासँग जोडिएको केही समयपछि उनले बीचमै यो पेशालाई छोडेका पनि थिए । मानिसलाई मनाउन कठिन, बीमा गरेपछि प्रिमियम संकलनमा बीमितले गरेको असयोगपछि झ्याऊ लागेर केही समय छोडेको उनी बताउँछन् । २०÷३० जनाको बीमा गराए पछि दिपकले लामो समयसम्म यो पेशालाई छोडेका थिए । आफ्नै केही व्यवसाय गर्ने मनसाय बनाएर बरालले अभिकर्ताको पेशालाई बीच मै छोडेका थिए ।

४÷५ वर्ष अभिकर्ता पेशामै लागि परेका दिपकको मन फेरि फेरिएर आयो र पुनः उनी अभिकर्ता पेशा मै जोडिए । सायद बीमा अभिकर्ता पेशा नै उनका लागि सफल पेशा थियो । स्वतन्त्र पेशा, आम्दानी राम्रो हु्ने र समाजसेवा पनि हुने हुनाले आफु फेरि अभिकर्ता पेशा मै लागि परेको बराल बताउँछन् । अब भने यहि पेशालाई निरन्तरता दिने दिपकको उद्देश्य रहेको छ ।

प्छिल्लो समय अभिकर्ता पेशामा नराम्रा पक्षहरु देखा परेको बराल स्वीकार गर्दछन् । बीमा अभिकर्ताहरुले गरेका केही गलत कार्य अभिकर्ता पेशाका नराम्रा पक्ष हुन् । बीमितसँग उठेको पैसा कम्पनीमा नबुझाउने, आफुले बिक्रि गर्ने बीमा पोलिसीका बारेमा जानकार नै नभई मार्केटमा पस्ने, बीमितलाई चाँहिने भन्दा बढी भ्रामक जानकारी दिएर जर्बसस्ति बीमा भिडाउने कार्यहरु देखा पर्न थालेको उनले बताए । ‘अभिकर्ता पेशा आर्थिक रुपमा सबल हुने र सामाजिक पेशा हो । बीमा अभिकर्ता बीमा कम्पनी र बीमितहरुकोबीचमा पुलको रुपमा रहेर काम गर्ने सम्मानित पेशा हो ।’ अनुभव साट्दै बरालले भन्छन् ।

हरेक अभिकर्ताले बीमितको बीमा अवधिभर साथ दिनुपर्ने एजेन्सी म्यानेजर बरालको राय छ । प्रिमियम तिर्ने अवधिलगायतका कुराहरुमा बीमितलाई सजग गराउनु जुनसुकै अभिकर्ताको जिम्मेवारी रहेको धारणा राख्ने दिपक भन्छन्, ‘बीमितको बीमा पोलिसी अवधिभरि सेवा दिनु एक असल अभिकर्ताको कर्तव्य हो ।’

बीमा अभिकर्तामा विभिन्न गुणहरु हुनुपर्ने उनी बताँउछन् । समय अनुसार चल्न सक्नु, ग्राहकको इच्छालाई मध्यनजर गर्नु, सत्य बोल्नु, अभिकर्तामा हुनुपर्ने गुणको रुपमा एजेन्सी म्यानेजर बराल चित्रित गर्दछन् । बीमा जोखिम बहन गर्ने एक महत्वपूर्ण पाटो भएकाले बीमा अभिकर्ताले संवेदनशील र सचेत भएर मार्केटिङ गर्नुपर्ने बताउँछन् । बीमा बचत र लगानी दुवै भएको बताउँने बराल धेरै तलब खाने कर्मचारीहरुको लागि जीवन बीमा गर्दा आयकरबाट समेत लाभ मिल्ने हुँदा त्यतिकै खेर फाल्न नहुने बताउँछन् ।

बीमा अभिकर्तामा असल छवी, पारदर्शिता, लगनशीलता, वोलिमा मिठासपन, हसिलो व्यवहार र धैर्यता जस्ता गुणहरु हुनु आवश्यक रहेको उनको अनुभव छ । यस्तै गुणहरुका कारणले गर्दा बराल यो पेशामा सक्षम छन् । लामो समयदेखि बीमा अभिकर्ता पेशामा जोडिन पुगेका बरालको आगामी दिनमा पनि यहि पेशालाई निरन्तरता दिने उद्देश्य रहेको सुनाउँछन् । बीमा अभिकर्ता पेशाले आर्थिक रुपमा स्वतन्त्रता दिएको, अध्ययनको लागि समय व्यवस्थापन सहज भएको, जीविकोपार्जनमा योगदान पुर्याएका कारणले बीमा अभिकर्ता एक सम्मानित र जीवन उपयोगी पेशा भएकोमा गर्व गर्दछन् एजेन्सी म्यानेजर बराल ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS