करोडको बीमा गर्न खोज्ने हरि कार्यालय देखेर फर्कियो

11190

बाल्यकालदेखि नै उच्च महत्वाकांक्षा बोकेको हरि विद्यालयमा पढ्दा देखि नै बैज्ञानिक बन्ने, प्रोफेसर गर्ने, पाईलट बन्ने जहाज उडाउने सपना देख्थ्यो । सपना देख्नु हरिको लागि चुट्की झै हुन्थ्यो ।

मध्य नेपालको सर्लाहीस्थित हरिवनमा जन्मेको हरि गुरुङले माध्यमिक तहसम्मको शिक्षा गाउँमै हासिल गर्यो । उच्च शिक्षाका लागि भने विदेश उड्छ । जीवनलाई सपनाझै ठान्ने हरिले कल्पना गरेकै भरमा अभिभावक बाबुआमाको बुई चढेर विदेश पुगेको हुन्छ । हरिका बावु बेलायतमा लाहुरे थिए । ब्रिटिश लाहुरेका लागि छोराको हरेक इच्छा पूरा गर्नु आफ्नो दायित्व ठान्ने नै भए । बेलायतमा अध्ययनसँगै पार्ट टाईम काम समेत गर्दथ्यो ।

सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण भएपछि  अफगानिस्तानमा अमेरिकाले आक्रमण गर्यो । अमेरिकालाई साथ दिएको थियो, बेलायतले । बेलायतले पनि गोर्खा सैनिकलाई अघि सार्यो । हरिका बुवा अफगानिस्तानमा खटिएका थिए ।

हरि स्कटल्याण्ड घुम्न गएको समयमा दुखद खवर आयो । हरिका बुवा युद्धका लागि निस्किएका थिए । युद्धमै उनले ज्यान गुमाउन पुगे । बुवाको निधनपछि हरि विक्षिप्त बन्यो । सधैं सपना देख्ने हरिलाई अब बलायती सपना मन परेन । वरिपरि हेर्छ मान्छे मान्छे देख्छ, तर त्यो भिडमा सधैं आफूलाई एक्लै देख्छ । उ दिक्दार बन्दै गइरहेको थियो ।

हरिले बेलायत बस्दा राम्रो बचत गरेको थियो । उसँगसबै थोक थियो, तर साथ दिने कोही थिएनन् । त्यसैले उ नेपाल पुगेर व्यापार गर्ने, पैसा कमाउने भन्दै फर्किन्छ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लन्छ । उसले आफ्नै मातृभूमिमा अन्धकार देख्छ । गोजीमा पैसा त छ तर कहाँबाट व्यवसाय सुरु गर्ने ? के गर्ने अन्योलमा छ हरि ।

जागिरबाट हरिले मनग्गे आम्दानी गरेको थियो । कामकै शिलसिलामा हरिको एक जना जीवन बीमा अभिकर्तासँग भेट हुन्छ ।

हरि पढाईका साथै अन्य बाहिरी कुरामा पनि अब्बल थियो । त्यसैको देनले गर्दा पनि होला हरिले एक दुरसञ्चार कम्पनीमा मासिक चार लाख तलब पाउने गरी जागिर सुरु गर्दछ । जागिरबाट हरिले मनग्गे आम्दानी गरेको थियो ।

कामकै शिलसिलामा हरिको एक जना जीवन बीमा अभिकर्तासँग भेट हुन्छ । हरिले बेलायतमा छँदा नै जीवन बीमाको बारेमा राम्रै ज्ञान हासिल गरेको थियो । जीवन बीमाको महत्व, फाइदा अनि यसका आवश्यकतालाई महशुस गरेको हरिले नेपाल फर्किएपछि नेपालको जीवन बीमाको बारेमा बुझ्न खोजेता पनि बुझ्ने अवसर भने पाएको थिएन ।

सानै बेलामा आफ्नो देश छोडेको हरिलाई नेपालको बारेमा केही जानकारी नै थिएन । हरिले नेपालमा कहाँ र को मार्फत जीवन बीमा गर्ने भन्ने जानकारी सोही बीमा अभिकर्ताबाट लिने सोच बनाउँछ । जीवन बीमा गरेर भविष्यमा पर्न सक्ने जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गरेर ढुक्क रहन्छु भन्ने मनसाय बोकेको हरि कसरी बीमा गर्ने भन्ने बारेमा सोच्दै थियो । काममा व्यस्त हुँदा समयले भ्याएको थिएन । बेलायतमा स्मार्ट जीवनशैली बिताएको हरिले सपनामा पनि बीमा कम्पनीको कार्यालयमा गएर बीमा गर्ने सपना देख्न थाल्यो ।

एक साँझ झम्सिखेलस्थित अन्तर्राष्ट्रिय स्टाण्डर्डको रेष्टुराँमा हरिले बीमा अभिकर्तासँग भेटवार्ता गर्न बोलाउँछ । अभिकर्तालाई आफुले ठुलो बीमाकं रकमको जीवन बीमा गर्नलाई भरपद्रो बीमा कम्पनी खोजिँरहेको कुरा सुनाउँछ । हरिको कुरा सुनि नसक्दै हरिलाई ती बीमा अभिकर्ताले आफुमार्फत बीमा गराउन सल्लाहासमेत दिन्छन् । कसरी बीमा गर्ने भन्ने दोधारमा रहेको हरि अब भने सोही अभिकर्तामार्फत बीमा गर्ने निर्णयमा नै पुग्छ ।

बीमाको बारेमा राम्रै ज्ञान भएको हरिले आफुले गर्न लागेको जीवन बीमा कम्पनीको प्रोफाइलको बारेमा जान्न इच्छुक हुन्छ, र, ती अभिकर्ताको साथमा आफुले गर्न लागेको बीमा योजना, अवधि र सोही कम्पनीका बारेमा जान्नका लागि बीमा कम्पनीको शाखा कार्यालयमा पुग्छ ।

नेपालको राजधानी काठमाडौंको धुलो, धुवा, प्रदुषण, ट्राफिक जामले हैरान भोग्ने हरि बीमा अधिकर्ताको पछि लागेर बीमा कम्पनीको केन्द्रीय कार्यालयमै पुग्छ ।

……… बीमा कम्पनीको केन्द्रीय कार्यालय, हरिको उत्सुकता थामिनसक्नु भइसकेको छ । भित्र पस्छ । फ्यानको आवाज स्याक्… स्याक् …. स्याक् आइरहेको छ । दुई/तीन जना कर्मचारीहरु यता, उता गर्दैछन् । कर्मचारीहरुले खासै ड्रेस कोड पनि देख्दैन । बीमा अभिकर्ताले एउटा कोठामा लिएर जान्छन्, सोफामा फ्यात्त बस्छन्, धुलो बुङ्ग उड्छ । हरि कसरी बसौं, कहाँ बसौं, असामनजस्यमा पर्छ । हरिले असजिलो महशुस गर्छ । हरि छक्क पर्छ यस्तो पनि बीमा कम्पनीको केन्द्रीय कार्यालय । झट्ट बेलायतमा उसले बीमा गरेको अबेय लाईफ इन्स्योरेन्स कम्पनीको भवनको दृष्य आँखा अगाडि आउँछ । कार्यालय भित्र प्रवेश गर्ने वित्तिकै अटोमेटिक खुल्ने काँचका पारदर्शी ढोका, एसी, मगमग बास्नादार कक्ष, बीमाकर्ताको भिडभाड, कर्मचारीहरुको सिष्टमेटिक व्यवहार । एउटा अफिसमा हुनुपर्ने सामाग्रीहरु, अफिसको डेकोरेशन केही देख्दैन् । ठसठस गन्हाउने सोफा, सरकारी कर्मचारी ढर्राको बीमा कम्पनीका कर्मचारीको व्यवहार सम्झेर हरिले चिडचिड पसिना काढ्छ । करिब एक करोड बीमांकको जीवन बीमा गर्ने र भविष्य सुनिश्चित गर्ने सोचमा रहेको हरि कींकव्र्यविमूढको अवस्थामा पुग्छ ।

झट्ट बेलायतमा उसले बीमा गरेको अबेय लाईफ इन्स्योरेन्स कम्पनीको भवनको दृष्य आँखा अगाडि आउँछ । कार्यालय भित्र प्रवेश गर्ने वित्तिकै अटोमेटिक खुल्ने काँचका पारदर्शी ढोका, एसी, मगमग बास्नादार कक्ष, बीमाकर्ताको भिडभाड, कर्मचारीहरुको सिष्टमेटिक व्यवहार । एउटा अफिसमा हुनुपर्ने सामाग्रीहरु, अफिसको डेकोरेशन केही देख्दैन् । ठसठस गन्हाउने सोफा, सरकारी कर्मचारी ढर्राको बीमा कम्पनीका कर्मचारीको व्यवहार सम्झेर हरिले चिडचिड पसिना काढ्छ ।

अफिसमा काम गर्ने स्टाफ पनि एक, दुई जना मात्र थिए । अलिभित्र एक जना अलि बरिष्ठ जस्ता कर्मचारी देख्छ, हाकिम भएर समस्या मात्रै दर्शाइरहेको देखेर झन दिक्क मान्छ ।

उसलाई भट्टि जस्तै देखिने होटलबाट रामका लागि चिया मगाईन्छ । एउटा अफिसमा हुनुपर्ने आधारभुत कुराहरु नदेख्दा हरिलाई त्यो बीमा कम्पनी प्रति नै वितृष्णा जागेर आउँछ । त्यो अफिसको माहोल अनि अफिसमा हुनु पर्ने पूवार्धार नदेख्ना उ सो बीमा कम्पनी प्रति शंकाको दृष्टिले हेर्न थाल्छ । त्यसपछि लामो कुरा गर्नै उसलाई मन लाग्दैन । कतै मेरो पसिना……. खेर त जाँदैन । यसले बेलायतमै बस्दा पनि ओरियन्टल सहकारीमा धेरै मानिसको पैसा फसेको सुनेको थियो । त्यही सम्झन्छ र बीमा गर्नको लागि पुनः आउने भन्दै बाहिरिन्छ ।

हरि बाहिरिएसँगै उक्त बीमा कम्पनीले करिब पाँच लाख हाराहारीको बीमा शुल्क पनि गुमाउँछ किनकी हरि अब उक्त कम्पनीमा बीमा गर्न नजाने निधो गरेर बाहिरिन्छ । साँझ बीमा अभिकर्तालाई टेलिफोन गरेर भन्छ, बरु डुबोस् म शेयर किन्छु बीमा नगर्ने भए, डिम्याट खाता खोल्नु पर्ने सहयोग गर्नुस् है !

प्रस्तुत कथाका सबै पात्र र सन्दर्भहरु काल्पनिक हुन् । नेपालको बीमा क्षेत्रको प्रतिनिधित्व गर्ने खालको काल्पनिक कथा समय समयमा पस्कने गरेका छौं ।

–कथाकार बिजया बाँस्कोटा, २०७६ श्रावण २१, अनामनगर, काठमाडौं ।

3 प्रतिक्रिया हरु

  1. लेखकले नेपालका कुनैपनी बीमा कम्पनीका केन्द्रिय कार्यालयमा खुट्टा नटेको प्रष्ट भयो यो कथा (?) पढ्दा ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्