IME Life

मेरो माइक्रोफाइनान्सको खुद नाफा ७७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को १२ महिनामा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ७७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

६५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जगेडा कोषमा ३३ करोड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले जगेडा कोषमा ११४  प्रतिशले बृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब २१ करोड रुपैया निक्षेप संकलन गरी ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको निक्षेप ५४ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाह ३९ प्रतिशतले बृद्धि गरेको हो । त्यस्तै कम्पनीले २ अर्ब ९७ करोड रुपैयाँ सापटी  लिएको  छ।  सापटी रकम १८ प्रतिशतले वृद्धि भएको छ।

लघुवित्तको प्रति शेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा रहेको छ । निस्क्रिय कर्जा १ दशमलव २० प्रतिशत रहेको छ । बजार मुल्य ५ सय २२ रुपैयाँ रहेकोमा मुल्य आम्दानी अनुपात २० गुणा देखिन्छ  ।

पुँजीमा देखिएको १३० प्रतिशतको वृद्धि र खुद नाफामा देखिएको ७७ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट देखिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS