IME Life

अभिकर्ता पेशामा मेहनत गरे अमेरिका–जापान नेपालमै छ – दामोदर गौतम

SPIL
NIC ASIA
दामोदर गौतम, डबल स्टार एजेन्सी म्यानेजर, युनियन लाइफ इन्स्योरेन्स

यूनियन लाइफ इन्स्योरेन्समा जोडिनुपूर्व गौतमलाई जीवन बीमाको ज्ञान शून्य थियो । आफु बीमा अभिकर्ता भएर यूनियन लाइफमा आएपछि मात्रै बीमा शिक्षाबारे जानकार भएको अनुभव गौतम साट्छन् । ‘बीमा अभिकर्ता पेशामा आवद्ध हुनु भन्दा अगाडि बीमाका बारेमा मलाई कुनै ज्ञान नै थिएन, त्यत्ति मात्रै हो र ? कुनै पनि कम्पनीमा मेरो जीवन बीमा थिएन ।’ गौतमले भने ।

अहिले दामोदर यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा डबल स्टार एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् ।

Prabhu
Crest

नेटवर्क इन्ड्रष्टिजको मार्केटिङ फिल्ड १०/१२ वर्षे अनुभव संगालेका दामोदरको बीमा क्षेत्रको पहिलो कम्पनी यूनियन लाइफ इन्स्योरेन्स हो । मार्केटिङ फिल्ड मै दैनिक गुजारेका दामोदरले बीमा क्षेत्रलाई पेशाको रुपमा लिन्छु भनेर सोचेका पनि थिएनन् । तर बीमा क्षेत्रमा आवद्ध हुन्छु भनेर कल्पना पनि नगरेका गौतमको जीवन आज यहि पेशाले फेरिएको छ । बीमा अभिकर्ता पेशामा जोडिएपछि नै उनले देखेका केही सपनाले साकार पाएका छन् ।

बीमा अभिकर्ता पेशामा लागेर सन्तुष्ट रहेका गौतम भन्छन्, म पहिले काम गर्दै आएको पेशामा १० वर्षमा जति रकम कमाउथे अहिले १ वर्षमै त्यो भन्दा बढी कमाउन सफल भएको छु ।

नेटवर्क इन्ड्रष्टिमा लामो समय सम्म अनुभव बटुलेका गौतमले अझै यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर अनुसन्धान गर्न तर्फ लागेको सुनाउँछन् । नेटवर्क इन्ड्रष्टिले कानुनि रुपमा मान्यता नपाएपछि तनावमा झेलेर बसेको अवस्थामा अचानक उनको जीवनमा नयाँ मोड आयो ।

त्यस ताका गौतमसँगै काम गर्ने मित्र यूनियन लाइफका ब्राञ्च म्यानेजर थिए । उनकै सल्लाहामा दामोदर बीमा क्षेत्रमा प्रवेश भएका थिए । यूनियन लाइफ इन्स्योरेन्समा प्रवेश भए पछि यहि केहि गरेर हेर्छु भन्ने भावना दामोदरको मनमा पलाएको थियो । २०७५ साउनदेखि गौतम विशुद्ध बीमा अभिकर्ता पेशामा रहँदै आएका छन् ।

बीमा अभिकर्ता पेशालाई फाइनान्सियल फ्रिडमका रुपमा लिने गौतम भन्छन्, जति बीमा अभिकर्ता पेशामा फाइनान्सियल फ्रिडम हुन्छ, त्यति अरु पेशामा हुँदैन् । अन्य पेशा भन्दा बीमा अभिकर्ता पेशामा फाइनान्सियल फ्रिडम हुने उनको अनुभव छ ।

गौतम भन्छन्, नेपालको परिवेशमा जुन सुकै क्षेत्रमा काम गर्दा पनि जोखिम छ, रिक्स बढी, उपलब्धी कम छ, लगानी उठ्ने सम्भावना धेरै कम हुन्छ । तर बीमा अभिकर्ता पेशामा त्यो हुँदैन् ।

नेटवर्क मार्केटिङको काम छोडेर बीमा क्षेत्रमा प्रवेश गरेका दामोदरले बिस्तारै बीमा बुझदै गए र कसरी यो क्षेत्रमा आम्दनी गर्न सकिन्छ भन्ने आईडिया पनि पत्ता लगाउदै गए । गौतमले बीमा व्यवसाय बुझेपछि जीवन बीमा मात्र त्यस्तो कार्यक्षेत्र देखे जहाँ लगानी बिना नै करोडौँ आम्दानी गर्न सकिन्छ भन्ने बुझे । मानवले जीवन जीउनको क्रममा अनेकन सपना देख्ने गर्छन्, केही सपना दामोदरका पनि थिए । तर जीवन बीमामा आउनु पूर्व कहिल्लै पुरा भएका थिएनन् ।

जीवन बीमामा प्रवेशसँगै आफ्ना सपनाहरु पूरा हुँदै गएको दामोदरको अनुभव छ । नभनुन् पनि कसरी ? युनियन लाईफको प्रदेश नं ३ भरिका बीमा अभिकर्ता मध्ये पहिलो कार विजेता भएका गौतमले ११ महिनामा १० करोडको व्यवसाय गर्न सफल भएका छन् । यसले उनको व्यक्तिगत जीवन मात्रै नभएर राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने शसक्त भूमिकामा देखिन पुगेका छन् ।

मेहनत गरे सम्भव बीमा क्षेत्रमा रहन्छ भन्ने मनसायले नै आफु आजको स्थानमा आइपुग्न सफल भएको गौतमले बताए । लगानी बिना नै आम्दानी गर्न सक्ने एक मात्र पेशा बीमा अभिकर्ता हो ।

बीमा अभिकर्ताको लाइसेन्स लिएपछि गौतमले पहिलो बीमा आफ्नै गरे । पहिलो बीमा आफ्नो गरेपछि दामोदरले श्रीमतीको बीमा गरे । त्यसपछि उनले आफ्नो साथीहरुको बीमा गर्दै औपचारिक रुपमा यो पेशमा प्रवेश गरे ।

बीमा अभिकर्ता पेशामा लागेपछि गौतमको जीवनशैली फेरिएको छ । नसोचेका उपलब्धीहरु हासिल गर्न सफल भएका छन् । आम्दानीको श्रोत ह्वात्तै बढेको छ । जनसम्पर्क झनै बढ्दा व्यवस्थापन गर्नै भ्याई नभ्याई रहेको छ । बीमा अभिकर्ता पेशा छोडेर अरु पेशामा नजाने हेतुले अघि बढ्दै गरेका गौतम भन्छन्, म सफल हुने पेशा नै यहि मात्रै हो ।’

बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितको बीचमा रहेर काम गर्ने व्यक्ति हो । पछिल्लो समय बीमा व्यवसायमा विकृति फैलदै गइरहेका छन् । गौतम भन्छन्, ‘बीमा अभिकतार्ले झुटको खेती गर्नुहुँदैन्, मानिसलाई सही रुपमा बीमाका बारेमा बुझाउन सक्नुपर्छ ।’

बीमा सुरक्षित बचत हो, अरुलाई सुरक्षित बनाउने शिलशिलामा आफु सुरक्षित नभईकन अरुलाई सु्रक्षित बनाउछु भन्ने कल्पना गर्न नहुने उनको अनुभव छ ।

अझै पनि समाजमा प्रतिष्ठित व्यक्ति कहलिएकालाई नै बीमा बारे चेतना नरहेको उनले बताए । उनीहरु समक्ष बीमा प्रस्ताव लिएर जाँदा नकारात्मक रुपमा लिने गरेको गौतम बताउँछन् । बीमा अभिकर्ता त्यस्तो हुनुपर्छ जसले मान्छेहरुमा रहेको बीमा प्रतिको नकारात्मक धाराणालाई चिर्न सकोस् ।

नेपाली समाजमा अझै पनि बीमा साक्षरता धेरै न्यून रहेको उनको  धारणा छ । विकसित मुलुकहरुमा बच्चा जन्मदै व्यक्तिको बीमा हुने गरेपनि नेपालमा भने बीमा गर्न भनेपछि मानिसहरु तर्कने गरेको उनी बताउँछन् । विदेशी मुलुकहरुमा मान्छेहरु आफै बीमा गर्नका लागि बीमा कम्पनीको ढोकासम्म पुग्छन् । तर नेपालमा भने अभिकर्ताहरु घर–घर पुगेर बीमा पढाउदाँ पनि मान्छेहरु बीमा बारे खासै मतलव राख्दैनन् । यस्तो अवश्थालाई बीमा अभिकर्ताले चिर्नुपर्ने उनको तर्क रहेको छ ।

कतिपय बीमा अभिकर्ताले गरेका गलत कार्य यस क्षेत्रका नराम्रा पक्षहरु हुन् । कतिपय अभिकर्ताहरुले गलत जानकारी दिने, बीमितबाट पैसा लिने, पोलिसि जारी नगर्ने, बीमितबाट उठाएको रकम कम्पनीमा बुझाउन नजाने जस्ता गलत कार्यहरु गर्ने गरेको उनी सुनाउँछन् । त्यसको लागि बीमित  आफै सचेत भई बीमा अभिकर्तासँग शुल्क बुझाएको रसिद माग्न सुझाव दिन्छन् ।

पूर्ण रुपमा बीमा अभिकर्ता पेशामा लागि पर्ने हो भने पैसा कै लागि अमेरिका, जापान लगाएतका मुलुकहरुमा जानुनपर्ने उनको बुझाई छ । “विदेशमा जसरी खटिएर काम गरिन्छ, त्यसै गरी नेपालमा बीमा अभिकर्ता पेशामा लागेर खटिने हो भने अमेरिका–जापान नेपाल मै छ ।”

राज्यका उच्च पदाधिकारी र उच्च व्यक्तित्वहरुसँग बसेर बीमाको बारेमा छलफल गर्नु आवश्यक रहेको गौतम बताउँछन् । राज्यको उच्च तहमा बसेका पदाधिकारी मार्फत स्थानीय तहमा बीमाको सचेतना फैलाउनुपर्नेमा दामोदरले जोड दिए ।

कार्भे, धुलिखेल घर भएका दामोदर गौतमले पत्रकारित विषयमा स्नातक गरेका छन् । भविष्य खोज्दै गौतम विदेश पनि पलायन भएका थिए । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका गौतमले ३ वर्ष सम्म त्यहाँ काम गरेर फर्केको सम्झन्छन् ।

अभिकर्ता पेशामा जोडिएको छोटो समयमा नै दामोदरका सफनाले मात्र साकार लिएका छैनन् । आज दामोदर नेपालको नम्बर १ अभिकर्ता बन्न सफल भएका छन् ।

हुन त अभिकर्ता पेशामा गौतमले विभिन्न चुनौति पनि सामना नगरेका भने होईनन् । गौतमको सफतालाई देखेर खुट्टा तान्नेहरुको पनि कमी कहाँ थियो र । आफ्ना सामु आइपरेका हरेक चुनौति अनि समस्यालाई गौतमले सफलताको सुत्र मान्दै अघि बहिरहँदाको आजको सफलता हात परेको निष्कर्ष निकाल्छन् गौतम । आफुले देखेका सपनालाई साकार पार्न हरदिन लागि परिरहेँ र, आज सफल पनि छन् । दामोदरको एउटा ठुलो टिम छ, जुन टिमलाई परिचालन गर्दै गौतम अघि बढी रहेछन् ।

मार्केटिङ क्षेत्रको लामो अनुभव अनि वैदेशिक रोजगारीको तीन वर्षे अनुभव बटुले र जीवन बीमा अभिकर्ता पेशामा लागेका दामोदरले आगामि दिनमा पनि यहि पेशालाई निरन्तरता दिईरहने बताए । सफलताका पाईलाहरुलाई अझै अगाडि बढाई रहने गौतमको सपना छ ।

बीमा अभिकर्तामा धेरै गुणहरु हुनपर्ने गौतमको तर्क छ । धेर्यता, लगनशिलता, बीमा बुझाउन सक्ने गुणहरु बीमा अभिकर्तामा हुनुपर्ने गौतमले बताए । बीमा अभिकर्तामा हुनुपर्ने गुणहरु कै कारणले गर्दा नै आज उनी सफल छन् ।

विगत एक वर्षदेखि बीमा अभिकर्ताको पेशा अपनाएका गौतमसँग बीमा गराँउदा रमाईला अनि सम्झन लायकका पलहरु पनि धेरै छन् । तीनै पलहरुसँग आफ्ना ज्ञान र अनुभव लाई समेटेर आमसमुदायमा बीमाको ज्ञानको शिक्षा छर्न लागि पर्ने उनको अठोट छ ।

मार्केटिङ पृष्ठभूमि, अन्य मानिसलाई बुझाउन सक्ने क्षमता र धैर्यताका कारण दामोदर आज नेपालको नम्वर १ बीमा अधिकर्ताको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् । उनै दामोदर दृढ संकल्प, धैर्यता र सत्यमा आधारित रहेर व्यापार गर्दा सफल हुन सकिने सूत्र अन्य बीमा अभिकर्ताहरुलाई सन्देश दिन चाहन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS