IME Life
Beema Board

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

सबै बैंक तथा वित्तीय संस्थाहरुले चौथो त्रैमासको वित्तयि विवरण धमाधम प्रकाशन गर्न थालेका छन् । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा १ अर्ब ७० करोड ३५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड ९६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासमा बैंकले ८५ अर्ब १९ करोड ८५ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

८ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेआम्दानी २१ रुपैयाँ १५ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा ० दशमलव ४४ बाट ० दशमलव ३७ प्रतिशतमा झरेको छ । प्रति शेयर नेटवर्थ १३९.५७ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS