एभरेष्ट इन्स्योरेन्सले चैत्र २७ गते नेपाल धितोपत्र बोर्डबाट १ शेयर बराबर ३ अर्थात ३ सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । क्यापिटलको अनुसार रितपुर्वक आवेदन दिने हरुलाई ७६ लाख ८९ हजार ६ सय ५६ कित्ता शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।
यस संगै बिक्रि हुन् नसकेको ५ लाख कित्ताभन्दा बढी शेयर लिलाम हुने भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयर मध्ये ५ लाख २९ हजार ८ सय १९ कित्ता शेयर लिलाममा आउने भएको हो ।
कम्पनीले जेठ १४ गतेदेखि १ः३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो ।