आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस पछि कम्पनीको शेयरमूल्य समायोजन भएको हो।
कम्पनीको शेयरमूल्य समायोजन भई प्रतिकित्ता ३ सय ६२ रुपैयाँ ८६ पैसा कायम भएको छ । उक्त समायोजित मूल्यलाई आधार मानेर आइतबार नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको औसत आधारमूल्य ४ सय २४ रुपैयाँ ७६ पैसा कायम भएको छ
कम्पनीले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि असार १५ गतेदेखि बुकक्लोज गरेको थियो । बुकक्लोजसंगै नेप्सेले कम्पनीको शेयरमूल्य समायाोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।