IME Life

अग्नी बीमा भनेको के हो ? यसबीमालेख बारे पूर्ण जानकारी ।

SPIL
NIC ASIA

अग्नि बीमालेख भनेको भवन, भवन भित्र राखिएका सामान, मेसिनरीलगायत स्थिर सम्पत्तिको सुरक्षाको लागि गरिने बीमा हो । यसमा अग्नि, चट्याङ र अहिले भूकम्प पनि अनिवार्य जोखीमको रूपमा समावेश भएको छ ।

आगोको विपतबाट बच्ने सम्भावना भएको वस्तु शायदै कुनै होला । तसर्थ, कुनै पनि चल अचल सम्पत्ति जस्तै भवन, फर्निचर, फिटिंगको सामान, घरेलु सामग्री, मेशीनरी, उपकरण, मालसामान आदिको सुरक्षाको लागि अग्नि बीमा आवश्यक छ ।

Prabhu
Crest

यस बीमालेखबाट आगो, चट्याङ र ग्यासको विस्फोटनले हुने हानी नोक्सानीबाट सुरक्षा दिन्छ । यसमा अन्य जोखीमहरू, जस्तै– बाढीपहिरो, हुरीबतास, आँधीबेहरी, हुलदङ्गा, आतङ्कवादसमेत समावेश गर्न सकिन्छ । यसका लागि बीमितले अतिरिक्त बीमाशुल्कको भुक्तानी गर्नुपर्छ ।

बीमालेखले सुरक्षण प्रदान गर्ने अवस्थाहरू

बीमितले प्रस्ताव फारममा उल्लेख गरेका सम्पत्ति आगलागी, चट्याङ, भूकम्प, वाष्पचाप उत्पादन गर्ने सरसामानको विष्फोटनबाहेक अन्य सबै विष्फोटनबाट हानिनोक्सानी भएको अवस्थामा बीमा कम्पनीले बीमितलाई क्षतिपूर्ति प्रदान गर्छ । त्यस्तै, बाढी तथा जलमग्न, पहिरो, भूस्खलन र नयाँ संरचना निर्माण गर्दाबाहेकको अवस्था भएको जमीन भासिने कार्य, हुरीबतास तथा आँधीबेहरीबाट सम्पत्तिको हानीनोक्सानी भएमा पनि कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ ।

कुनै प्रयोजनका लागि बालिएको आगोले आफनो  क्षेत्रभन्दा बाहिर फैलिएर र्पुयाएको क्षतिरहानिनोक्सानी, बीमालेखको अपवादमा उल्लेख भएको कारण बाहेक अन्य कारणबाट आगलागी हुँदा सोको धूवाँ वा अत्यधिक तापको कारणले गुणस्तर बिग्रिएर वा भौतिक संरचना भत्किएर भएको क्षति, पानी वा अग्नि नियन्त्रक अन्य साधनरउपकरणबाट आगो फैलिन रोक्न प्रयास गर्दा हुने हानिनोक्सानी, आगलागी फैलावट रोक्न भवनलाई कुनै उपायले अलग्याइएमा वा छुट्याइएमा सोबाट हुने हानिनोक्सानी, आगो लागेको स्थानबाट सम्पत्ति अन्यत्र सार्दा त्यस्तो सम्पत्तिमा जोखीम न्यूनीकरणका उपाय प्रयोग गर्दा तथा मौसमको कारणले हुने हानिनोक्सानी, आगलागी नियन्त्रण गर्न वारुणयन्त्र वा अन्य अग्निनियन्त्रक यन्त्रलाई आगलागी भएको स्थानसम्म ल्याउँदा वा लैजाँदा उक्त यन्त्रले सोहीबीमितको बीमा गरिएको अन्य सम्पत्तिमा क्षति र्पुयाएमा, भूकम्पको कारणबाट आएको बाढी वा नदी जल ताल वा पानी जम्मा गरेको पोखरीको पानी उर्लिएर, बाँध फुटेर वा भत्किएर पानी उर्लिई क्षति भएमा पनि कम्पनीले क्षतिपूर्ति प्रदान गर्छ ।

बीमालेखले नसमेट्ने अवस्थाहरू

ग्यास उत्पादन नगरिने वा ग्यास कारखाना क्षेत्रभित्र नपर्ने घरमा बत्ती बाल्न, तताउन वा अन्य घरेलु कामका लागि मात्र प्रयोग वा भण्डारण गर्दा ग्यास तथा घरेलु उपकरण विष्फोटन भई हुन गएको क्षति÷हानि नोक्सानीबाहेक अन्य विष्फोटनको कारणबाट भएको कुनै क्षति/हानि नोक्सानी भएमा क्षतिपूर्ति भुक्तानी गर्दैन ।

त्यस्तै, बन्द व्यापार वा उत्पादन प्रक्रियामा परिवर्तन आएमा, बीमा गरिएको भवन वा बीमा गरिएको सम्पत्ति रहेको भवनको प्रयोगमा परिवर्तन भएमा, बीमा गरिएको भवन वा बीमा गरिएको सम्पत्ति रहेको भवन ३० दिनभन्दा बढी समय मानिस नबसी खाली रहेमा, बीमा गरिएको भवन वा सम्पत्ति बीमा गरिएको भनी लेखिएको कुनै भवन वा स्थानबाहेक अन्य भवन वा स्थानमा भएमा वा सारिएमा, प्रचलित कानून बमोजिम उत्तराधिकारीमा सरेकोमा बाहेक बीमितबाट अन्य व्यक्ति वा संस्थामा बीमा गरिएको सम्पत्तिको हकहित सरेको अवस्थामा हानिनोक्सानी हुनुअघि बीमकको तर्फबाट लिखित समर्थन नगराएमा बीमकले त्यस्तो हानिनोक्सानीको क्षतिपूर्ति दिँदैन ।

त्यस्तै, अधिकारप्राप्त निकायको आदेशानुसार सम्पत्ति जलाइएमा, नष्ट गरिएमा वा हटाइएमा, ज्वालामुखी वा भूमिगत  आगलागीबाट क्षति र हानि नोक्सानी भएमा, आणविक हातहतियार वा तत्सम्बन्धी पदार्थको कारणबाट प्रत्यक्ष वा अप्रत्यक्ष क्षति/हानिनोक्सानी भएमा, आणविक विकिरण वा आणविक इन्धन वा आणविक इन्धनको ज्वलनपछि शेष रहेको बेकम्मा पदार्थबाट निस्कने रेडियोधर्मी तत्वको संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कुनै क्षति/हानि नोक्सानी भएमा, सैनिक विद्रोह, सैनिक वा शक्ति अपहरण वा जङ्गी कानूनपालन वा घेराबन्दी स्थितिको घोषणा, युद्ध, आक्रमण, विदेशी शत्रुको कारबाही वा कुनै युद्धसरहको कारबाही (घोषित वा अघोषित), गृहयुद्ध कारण वा सोको परिणामस्वरूप भएको क्षतिको कम्पनीले भुक्तानी गर्दैन ।

बीमालेख खरीद प्रक्रिया

अग्नि बीमा गर्दा बीमितले बीमा कम्पनीबाट प्राप्त प्रस्ताव फारम भरेर बुझाउनुपर्छ । फारममा बीमितले बीमा गर्न चाहेको सम्पत्तिको सम्पूर्ण विवरण, जस्तै– सम्पत्तिको तत्कालीन अवस्था, मूल्य आदि तोकेर उक्त सम्पत्तिका लागि जोखीम लिन चाहेको जोखीमबारे खुलाउनुपर्छ । साथै, बीमा कति अवधिका लागि गर्न चाहेको हो, त्यो पनि खुलाएर भर्नुपर्छ ।

यस्तो विवरणसहितको फारम बीमा कम्पनीलाई बुझाएपछि कम्पनीले स्वीकार गरेपछि बीमाशुल्क तिरेर बीमालेख प्राप्त गर्न सकिन्छ । बीमा गर्दा आप्mनो सम्पत्तिको अवस्था हेरेर जोखीम निर्धारण गर्न गर्नुपर्छ । जस्तै– खोलाको किरानामा घर छ र त्यस्तो घरको अग्निबीमा गर्ने हो भने बीमितले अनिवार्य जोखीमबाहेक बाढी पहिरोको जोखीमका लागी बीमा गर्नु उपयुक्त हुन्छ ।

बीमाशुल्क जतिसम्मको पनि गर्न सकिन्छ । सम्पत्ति अनुसार बीमाशुल्क निर्धारण गर्न सकिन्छ । थोरै सम्पत्तिका लागि हो भने थोरै रकमको पनि गर्न सकिन्छ । यदि धेरै सम्पत्तिको हो भने धेरै बीमाशुल्क निर्धारण हुन्छ । अग्निबीमाको अवधि १ वर्षका लागि मात्रै हुन्छ । प्रत्येक वर्ष सकिएपछि नवीकरण गर्नुपर्छ ।

बीमालेखका सर्तहरु
यस बीमालेख अन्तर्गत बीमा गरिएको सम्पत्तिहरुमध्ये सबै वा केहीको बीमा भइसकेको वा यो बीमालेख जारी भएपछि गरिएको बीमा सम्बन्धमा बीमितले बीमकलाई सूचना दिनु पर्नेछ ।

बीमा गरिएको सम्पत्तिको जोखिम बृद्धि भएमा वा परिवर्तन भएमा बीमितले बीमकलाई सूचना दिनु पर्नेछ । कुनै क्षति÷हानि नोक्सानी हुनु अगावै यस्तो सूचना बीमकलाई नदिएमा यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्न बीमाले दिने छैन । जोखिम बृद्धि हुने गरी अलपत्र छोडेमा, भवन वा सोको कुनै भाग भत्केमा, यस बीमालेखमा उल्लेख भएको स्थानबाट सम्पत्ति विस्थापित भएमा तर जोखिम बृद्धि हुने गरी अलपत्र नछोडिएको भवन वा सम्पत्ति तथा नभत्किएको भवन र विस्थापित नभएको सम्पत्तिको सम्बन्धमा यो प्रावधान लागू हुने छैन ।

बीमकको तर्फबाट सही छाप भएको रसिद जारी नभएसम्म बीमाशुल्क भुक्तानी भएको मानिने छैन । बीमितको अनुरोधमा कुनै पनि समयमा बीमालेख रद्द गर्न सकिनेछ । यस अवस्थामा बीमालेख कायम रहेको अवधिको निमित्त देहाय बमोजिमको छोटो अवधिको दरले हुन आउने बीमाशुल्क रकम कट्टी गरी बांकी बीमाशुल्क बीमकले फिर्ता गर्नेछ ।

दाबी प्रक्रिया
दाबी परेमा वा दाबी पर्न सक्ने घटना भएमा बीमा कम्पनीलाई कम्पनीलाई जानकारी दिनुपर्छ । त्यस्तै, अवस्था हेरेर प्रहरीलाई समेत सूचित गर्नुपर्छ । त्यसपछि बीमा कम्पनीले सर्भेयर खटाएर मूल्याङ्कन गर्छ । यस्तो अवस्थामा बीमितले आवश्यक कागजपत्र बुझाएर भुक्तानी कार्यमा सहयोग गर्नुपर्छ । सर्भेयरको रिपोर्ट पाएको ३ हप्ताभित्र कम्पनीले दाबी भुक्तानी गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS