IME Life

नेप्सेमा सामान्य अंकको सुधार हुँदा कारोबार रकम घट्यो

SPIL
NIC ASIA

साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से २ दशमलव ६३ अंकले बढेर १,२६०.९० अंकमा कायम भएको छ । विकास बैंक, माइक्रोफाइनान्स र लाईफ इन्स्योरेन्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै ३७ अंकले निर्जीवन बीमा समुह बढेको छ ।

त्यसैगरी क वर्गका मापन सेन्सेटिभ परिसुचक पनि सामान्य अंकले बढेकोे छ । सेन्सेटिभ परिसूचक ० दशमलव २९ अंकले बढेर २ सय ७० दशमलव २६ बिन्दुमा आएर बन्द भएको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ७३ वटा कम्पनीको १३ लाख ७३ हजार १ सय २० कित्ता शेयर ६ हजार १ सय ५६ पटक खरिदविक्री हुँदा ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँको कारोबार भएको छ ।

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको थियो तर पनि कारोबार रकम भने ४७ करोड २५ लाख रुपैयाँको भएको थियो । तर आज नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ ।

सबैभन्दा धेरै नेपाल बैंक र सिवम् सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी प्रभु बैंकको २ करोड ३१ लाख २९ हजार २ सय ८१ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक, अपर तामाकोशी र सानिमा बैंकको १ करोडमाथिको कारोबार भउको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयरको ९७ लाख २३ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएको छ । जनता बैंकको ८० लाखमाथिको कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतका दरले कमाउका छन् । गोर्खाज फाइनान्स, गुराँस लघुवित्त, नेपाल एग्रो लघुवित्त, नाङदी ग्रुप, रैराङ हाइड्रोपावर, नरुडे लघुवित्त, यूनाइटेड मोदी हाइड्रो, वोल्र्ड मर्चेन्ट बैंकिङ लगायतका शेयरधनीले कमाएका छन् भने ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS