काठमाण्डौको स्वयम्भु र बुटवलको ट्राफिक चोकमा सिद्धार्थ इन्स्योरेन्स लि.ले शाखा बिस्तार गरेको छ ।
स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवम् नायव महाप्रबन्धक मुरारी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
ट्राफिक चोक बुटवल शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत बैदवार क्षेत्रीले गरेका हुन् । शाखा उद्घाटन कार्यक्रमका अवसरमा प्रमुख कार्यकारी बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।