IME Life
Beema Board

हेरौ प्रभु इन्स्योरेन्सको वित्तिय अवस्था

SPIL
NIC ASIA

कम्पनीको प्रकार : निर्जीवन बीमा
Symbol : PRIN

संचालक समिति र व्यवस्थापन समिति:

Prabhu
Crest

प्रधान कार्यालय : तिनकुने, काठमान्डौ
सेयर रजिष्ट्रार : प्रभु क्यापिटल
वेबसाईट : www.prabhuinsurance.com

पुँजी वृद्धिको अवस्था

आवश्यक न्युनतम चुक्ता पुँजी : १ अर्ब
हाल रहेको पुँजी: १ अर्ब ५० लाख
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव: अझै बाँकी छ

मुख्य अनुपातहरु :

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :

प्रभु इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ४ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ३ करोड २९ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ३५ प्रतिशतले कम भएको छ ।
  •  इन्स्योरेन्सको जगेडा कोषको आकार २८७ प्रतिशतले वृद्धि भएर १९ करोड ६३ लाख पुगेको छ ।
  •  कम्पनीको बीमा कोष ३४ प्रतिशतले वृद्धि गरेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
  •  कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ४९ करोड ४५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा १७ प्रतिशतले वृद्धि भएको छ ।
  •  कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा १५ प्रतिशतले वृद्धि भएर २० करोड ८३ लाख पुगेको छ ।
  •  यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ४ प्रतिशतले कम भएर १९ करोड ४४ लाख रहेको छ भने खुद दावी भुक्त्तानी १० करोड ३९ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ७ प्रतिशतले कम हो भने १२ करोड २ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
  •  कम्पनीको प्रति शेयर आम्दानी ८ प्रतिशतले कम हुँदै ८ रुपैयाँ ८५ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ९ रुपैयाँ ५७ पैसा थियो ।
    नेप्सेमा २०७६/१/४  गतेको कारोवार र पिभोट टेबल

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS