सगरमाथा इन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक प्रकाश पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौता अनुसार आईसर गाडीमा क्षती पुगेको अवस्थामा ईस्टर्न एजेन्सीको सर्भिस सेन्टरबाट गाडी मर्मत गर्दा बीमाबापतको रकम इन्स्योरेन्सले नै भुक्तानी गर्ने भएको छ ।
उक्त सम्झौता पश्चात अब आईसर गाडीका ग्राहकले आफुलाई परेको समयमा गाडी मर्मतका लागि रकमको ब्यवस्था गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन्