आर्थिक वर्ष ७४/७५ को नाफा बाट लाभांस प्रस्ताव गर्ने पहिलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स पर्दछ । शुक्रबार बसेको कम्पनीको २८२ औँ बैठकले २५ प्रतिशत बोनस सेयर र २३ दशमलव ५ प्रतिशत नगद गरी जम्मा ४८ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
केही जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७३/७४ को वार्षिक साधारण सभा गर्न बाँकी रहेको अवस्थामा नेपाल लाईफले भने आर्थिक वर्ष ७४/७५ को लाभांस घोषणा छ ।
कम्पनीको विगत ५ वर्षको लाभांस ईतिहास हेर्दा कम्पनीले आर्थिक वर्ष ६९/७० देखि आर्थिक वर्ष ७३/७४ सम्म कम्पनीले २२२ प्रतिशत बोनस शेयर र ६७ नगद लाभांश प्रतिशत प्रदान गरेको छ । यो आर्थिक वर्षको प्रास्तावित लाभांस लाई छोड्ने हो भने कम्पनीको विगत ५ वर्षको औषत लाभांस ५८ प्रतिशत रहेको छ ।
जोखिम कम लिन खोज्ने लगानीकर्ताकोहरुलाई लाभांस बलियो र निरन्तर लाभांस दिने कम्पनीहरु प्राथमिकतामा हुन्छन । जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्सले लगानीकर्ताको त्यो चाहना पुरा गर्दै आएको छ ।
हेरौ कम्पनीको ५ वर्षको लाभांस