दोस्रो बजारमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुको लाभांसको इतिहास हेर्दा सबै भन्दा धेरै लाभांस दिनेमा शिखर इन्स्योरेन्स पर्दछ । शिखर इन्स्योरेन्सले ५ वर्षको अवधिमा १६० प्रतिशत लाभांस दिएको छ । जसमा १५३ प्रतिशत बोनस शेयर पर्छ भने ७ प्रतिशत नगद लाभांस ।
आईएमई जनरल इन्स्योरेन्स (साबिकको एनबी इन्स्योरेन्स ) ले यो ५ वर्षको अवधिमा कुनै पनि लाभांस दिएको छैन भने रास्ट्रिय बीमा कम्पनीले भने यो ५ वर्ष अवधिको वार्षिक साधारण सभा नै गर्न बाँकी छ ।
निरन्तर ५ वर्ष लाभांस दिने ३ मात्र
आर्थिक वर्ष २०६९ /७० देखि आर्थिक वर्ष २०७३/७४ को समय भित्र प्रत्यक वर्ष लाभांस दिने कम्पनीहरु ३ वटा मात्र रहेका छन् । एन एल जी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स नेपालले मात्र लगातार ५ वर्ष लाभांस दिएको छन् ।