चालु आर्थिक वर्ष २०७५/ ७६ को दोस्रो त्रैमासको अवधिमा एनसीसी बैंकले ६४ करोड ३९ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा यो १३२ प्रतिशतले बढी हो ।
बैंकले गत आवको साही अवधिको त्रैमासमा २७ करोड ७४ लाख ८७ हजार मात्र रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बैंकको निक्षेप संकलन ६४ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
बैंकको सीडि रेसियो ७८.२१ प्रतिशत रहेको छ । चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको एनसीसी बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैंयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी २१ दशमलव १२ रुपैँया कायम भएको छ । ३.५३ प्रतिशत खराब कर्जा रहँदा कष्ट अफ फण्ड ७.९५ प्रतिशत रहेको छ ।