ज्योति विकास बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुसिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।
ज्योति बैंकको कर्मचारी र सम्पूर्ण ग्राहकहरुले अस्पतालको स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट पाउने भएको छ । यस बैंकका ग्राहकहरुले बैंकको एटीएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाई यो सुविधाको लिन सक्ने व्यवस्था गरिएको छ ।