IME Life
Beema Board

नेपाल लाईफ इन्स्योरेन्सको बीमाशुल्क ४४ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA


काठमाडौ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासमा बीमाशुल्क आर्जन ४४ प्रतिशतले बढाएको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४८ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको चालु आवकोे प्रथम वित्तिय विवरण अनुसार कम्पनीमा ११ लाख १ हजार १८३ बीमालेख कायम रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा १० लाख ९४ हजार ४८६ बीमालेख कायम रहेको थियो । त्यस्तै, चालु आवको अन्त्यसम्ममा कम्पनीले ६८करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ४२ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले १४ हजार ३३४ दाबी बापत उक्त रकम भुक्तानी गरको हो भने गत आवको सोही अवधीमा कम्पनीले ९ हजार २ सय ३४ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

गत आवको प्रथम त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ३१ करोड ६४ लाख रहेको छ ।
कम्पनीको जगेडा कोष २४ प्रतिशतले घटेर ३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष ४ अर्ब ८६ करोड ६० लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने २५ प्रतिशतले बढेर ५४ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १८ दशमलव ५७ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १९१ दशमलव ६३ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य १हजार ४३० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS