IME Life

अझै टुँगो लागेन स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक ?

SPIL
NIC ASIA


केशब प्रसाद भण्डारी
सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक अझै छनौट गर्न सकेको छैन । लोक सेवा आयोगले गत कार्तिक ७ गते नै अन्तिम तीनमा परेको दावेदारको नाम मन्त्रालयमा पठाए पनि मन्त्रालयले अहिलेसम्म मन्त्रिस्तरको बैठकमा प्रस्ताव गर्न सकेको छैन ।

गत कार्तिक ६ र ७ गते लोक सेवा आयोगले कार्यकारी निर्देशको परिक्षा लिएको थियो । पाँच जनामध्ये आयोगले तीन जनाको नाम छनौट गरी मन्त्रालयमा पठाएको थियो । मन्त्रालयमा सचिवले पनि टिप्पणी उठाईसकेकाले मन्त्रिपरिषद् बैठकमा लैजान मात्र बाँकी रहेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एक जनाको छनौट गर्नेछ ।

Prabhu
Crest

को हुन् अन्तिम तीनमा पर्ने ?
लोक सेवा आयोगले आवेदकको प्रस्तुतीको आधारमा बीमा बिज्ञ डा.दामोदर बसौलालाई पहिलो नम्बरमा छनौट गरेको छ । बसौलाले बीमा बिषयमा नै विद्यावरिधी हासिल गरेका हुन् । उनी यही बिषयमा अध्ययन र अध्यापन गराउँदै आएका छन् ।
त्यसैगरी श्रीमान् कार्की बीमा समितिका पूर्व निमित्त प्रमुख कार्यकारी हुन् । उनीसँग बीमा क्षेत्रको अनुभव पनि छ । तर, बीमा कम्पनीहरुमा धेरै आफन्त भर्ती गर्ने बिषयमा उनी आलोचित छन् । साथै कार्यलयमा राजनीतिक लाईन मिल्नेलाई मात्रै बढी च्याप्ने गरेकोमा बीमा समितिका कर्मचारी उनी प्रति रुष्ट छन् ।

त्यस्तै रमेश कुमार पोखरेल नेपाल राष्ट्रबाट अवकास पाएका हुन् । केन्द्रिय बैंकमा रहँदा केन्द्रिय बैंकले तोकेको ३० बर्षे कार्यअवधिको बिरुद्धमा उनले सरकार तथा नेपाल राष्ट्र बैंक बिरुद्ध मुद्धा दायर गरेका थिए । सरकार विरुद्ध मुद्धा दायर गर्ने व्यक्तिलाई नै सरकारले उच्च तहमा राजनीतिक नियुक्त गर्छ वा गर्दैन भन्ने कुराले पनि अहिले सर्वत्र चासो बनेको छ ।

मान्यता पाउँला त योग्यताले ?
आयोगले सिफारिश गरेका अन्तिम तीन जना कार्यकारी निर्देशकको लागी दौडमा लागेका छन् । आयोगले सिफारिश गरे पनि अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने भएकाले नियुक्तीमा शैक्षिक योग्यता भन्दा पनि राजनीतिक पहुँचले बढी काम गर्नेछ ।

बीमा भनेको सुरक्षा हो । तर, यसको उचित नियमन गर्न नसकेमा ठगि गर्ने हतियार बन्छ । समाजमा चारै भ्रष्टाचार मौलाउँछ । त्यसैले यस्तो संवेदनशिल र प्राविधिक क्षेत्रको नेतृत्वमा सक्षम, योग्य र बिज्ञ व्यक्ति नियुक्त हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

आयोगले दोस्रो र तेस्रो नम्बरमा सिफारिश गरेका श्रीमान् कार्की र रमेशराज पोखरेलको राजनीतिक लाईन बलियो देखिएको छ । श्रीमान् कार्की कानुन मन्त्री भानुभक्त ढकालका निकटत्तम व्यक्ति हुन् । उनीहरु एउटै जिल्लाबासी हुन् । त्यसैले उनी प्रधानमन्त्री नजिक छन् । साथै रमेशकुमार पोखरेल पनि प्रधानमन्त्री निकटका व्यक्तिका आफन्त हुन् । त्यसैले उनको पनि पहुँच बलियो भएको स्रोतले बताएको छ । स्रोतका अनुसार डा.दामोदर बसौला पनि सत्ताधारी पार्टी निकटका नै हुन् । तर, उनको निर्वाचन क्षेत्र फरक भएकाले उनको राजनीतिक पहुँच कम छ ।

बीमा समितिको घटना नदोहोरियोस
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटमा बीमा समितिको घटना दोहोरिन सक्ने जानकारहरु बताउँछन् । २०७३ सालमा बीमा समितिको अध्यक्षको अन्तिम छनौट परेका तीनजनामध्ये चिरञ्जीवी चापागाईलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

तर, गत जेठ १४ गते समितिको अध्यक्षमा गरिएको नियुक्ती बीमा ऐन विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । बीमा ऐन अनुसार बीमा क्षेत्रको अनुभव भएको व्यक्ति अध्यक्ष हुनुपर्ने व्यवस्था छ । तर, मन्त्रिपरिषद् बैठकले बीमा बिषयमा नै विद्यावरिधि गरेका तथा आफै पार्टी निकटका डा.रविन्द्र घिमिरेलाई पाखा लगाएर चिरञ्जीवी चापागाँईलाई नियुक्त गरेको थियो । सोही बिषयमा परेको रिटमा गत कार्तिक १९ गतेको पेशीमा अदालतले चापागाईलाई अध्यक्ष नियुक्त गरिनुका कारणको थप कागजपत्र पेश गर्न आदेश दिएको छ । अदालतमा मुद्धा बिचारधिन भएकै कारण विगत पाँच महिना देखि समितिका अध्यक्ष निश्क्रिय छन् ।

यद्यपी स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशकको छनौटमा भने फरक प्रक्रिया अपनाएको छ । संबैधानिक निकाय लोक सेवा आयोगले परिक्षा लिएर योग्यताका आधारमा छनौट गरी मन्त्रालयमा सिफारिश गरेको हो । तसर्थ समिति कै घटना नदोहोरिन सक्ने पनि केही विज्ञहरुले दाबी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS