IME Life

बालबालिकाका लागि बीमा योजना खरिद गर्दै हुनुहुन्छ ? कस्ता छन् कम्पनीहरुले सञ्चालन गरेको बालिबालिका बीमा योजना !

SPIL
NIC ASIA

के तपाई आफना बालबालिकाका लागी बीमा योजना खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि बीमा योजना खरिद गर्ने सोचमा हुनुहुन्छ भने सबै कुरा अभिकर्तामा मात्रै भर नपर्नुहोस । अभिकर्ता मार्फता योजना खरिद गर्ने भएपनि बीमा योजनाका बारेमा आफैले पनि जानकारी लिनु आवश्यक छ ।

बीमा योजना खरिद गर्दा तपाईको आर्थिक अवस्था र निश्चित समय पछि तपाईलाई कति रकमको आवश्यकता पर्छ भन्ने कुराको आकलन गरी बीमांक रकम तय गर्नुपर्छ । साथै बीमा कम्पनी, बीमा योजनाको बोनशदर र बीमा योजनाको प्रकारको पनि उत्तिकै आवश्यक पर्छ । अहिले नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । ति कम्पनीहरुले विभिन्न प्रकारका बालबालिका बीमा योजना सञ्चालन गरेका छन् । केही कम्पनीहरुले सञ्चालन गरेको बीमा योजना निम्न रहेका छन् ।

Prabhu
Crest

नेपाल लाईफ इन्स्योरेन्स
बालबच्चाको जीवन बीमा योजना
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले केटाकेटीको शिक्षा र विवाह सावधिक जीवन बीमा योजना र छोराछोरीको शिक्षा र विवाह अग्रिम भुक्तानी जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस बीमा योजना अन्र्तर्गत १ बर्षदेखी ११ बर्षका बालबच्चाहरुको बीमा गर्न सकिन्छ । केटाकेटी सावधिक जीवन बीमा र छोराछोरी अग्रिम सावधिक जीवन बीमा बीमाङ्क ५० हजार देखि ५० लाखसम्मको जीवन बीमा गर्न गराउन सकिन्छ ।

बीमा शुल्क छुट सुविधा केटाकेटी सावधिक जीवन बीमा र छोराछोरी अग्रिम सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमा शुल्क तिरी बीमा शुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्त र अपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने छ । यस्तो सुविधाको लागि बीमाङ्क ५ लाख रुपैयाँको सिमांकन कायम गरिएको छ ।

बालशिक्षा योजना
भर्खरै जन्मेको बच्चा देखि १८ वर्षसम्मको बालबालिको लागी यो जीवन बीमा खरिद गर्न सकिन्छ । यसका साथै यो योजनामा एकै बीमालेखमा बच्चा तथा प्रस्तावक बाबु वा आमा दुई जनाको जीबन बीमा हुने बीमा समाप्तिमा प्राप्त रकम आफ्नो छोरा छोरीको उच्च शिक्षा तथा सामाजिक कार्यमा प्रयोग गर्न सकिन्छ । यसका साथै बीमा अवधीमा प्रस्तापवको बाबु आमाको मुत्यु भएमा छोरारछोरीको शिक्षाको लागि वार्षिक रकम प्राप्त हुने हुँदा बच्चाको पालन तथा शिक्षाको सुनिश्चितता हुने र बीमा चालु भएको १ वर्ष पश्चात ऋण लिन पाउने सुविधा पनि यसमा रहेको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी
बाल सौगात बीमा योजना
सानिमा इन्स्योरेन्स कम्पनीले बाल सौगात बीमा योजना सञ्चालनमा ल्याएको छ । यस बीमा योजना खरिद गर्नका लागी बालबालिका न्यूनतम ३ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसको लागि अधिकतम बीमा गर्ने उमेर ११ बर्ष तोकिएको छ । यस बीमा योजनाको अवधी अधिकतम १० वर्ष र अधिकतम २१ वर्ष कायम गरेको छ ।

यसमा अभिभावकले बीमा प्रस्तावक भएर बालबच्चाको बीमा योजना गर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै यस योजनामा प्रथम ५ वर्षसम्म प्रतिहजार बीमाङ्कमा ग्यारेण्टी बोनस ६५ रुपैयाँ प्रदान गरिनेछ । २१ वर्ष पुगेपछी बीमा समाप्ती मितीमा बीमाङ्कको २० प्रतिशत र ग्यारेण्टी बोनस तथा कम्पनीको नियम अनुसारको आर्जित बोनस समेत एक मुष्ट प्रदान गरिन्छ । यसमा बीमा समाप्ती पश्चात कुनै बीमा शूल्क तिर्नु नपर्ने गरि थप ५ वर्षको लागि मूल बीमा बीमाङ्क बराबरको जोखिम बीमकले वहन गर्ने व्यवस्था गरिएको छ । बीमा योजना प्रारम्भ भएपश्चात् बीमालेख चालु रहेको अवस्थामा कुनै अप्रिय घटना भएमा बीमालेखको शर्तअनुसार कम्पनीले रकम एकमुष्ट रुपमा भुक्तानी गर्दछ ।

रिलायबल लाइफ इन्स्योरेन्स
उच्च शिक्षा जीवन बीमा योजना
बाल बीमा अन्र्तगत बालबालिका लक्षित रिलायबल उच्च शिक्षा योजना बिमा योजना सञ्चालनमा ल्याएको छ । यस जीवन बिमा योजना अधिकतम १५ वर्षसम्म उमेर भएका बालबालिकका लागि खरीद गर्न सकिनेछ ।
भर्खर जम्मेको बालबालिकादेखि १५ वर्षसम्मका लागि यो योजना लिन सकिन्छ । यस बीमा योजनामा जोखिम बीमा सुरु भएको २ वर्षपछि वा बिमितको उमेर ६ वर्ष पुगेपछि मात्रै सुरु हुनेछ । बिमा रकम कम्तीमा ५० हजार र अधिकतम प्रस्तावको आयमा आधारित हुन्छ । अधिकतम बीमा अवधि २५ वर्ष र अधिकतम बिमा समाप्ति उमेर २५ वर्षको हुुन्छ ।

यस योजनामा बिमा अवधि सकिएपछि बिमित जीवित रहेमा बिमांक रकम र बोनस एकमुष्ट फिर्ता गरिन्छ । जोखिम सुरु हुनुअघि नै बिमितको मृत्यु भएमा ऐच्छिक सुविधाका लागि भुक्तानी गरेको शुल्कबाहेक अन्य सम्पूर्ण रकम प्रस्तावकलाई फिर्ता गरिन्छ । बीमा शुल्कमा केही रकम थप गरी बिमाशुल्क छुट र मासिक आय सुविधा पनि लिन सकिन्छ ।

एशियन लाईफ इन्स्योरेन्स
बाल भविष्य (सावधिक)
भर्खरै जन्मेको बालकको लागि यस बीमा योजना खरीद गर्न सकिन्छ । यसमा न्यूनतम बीमा अवधि १० बर्षभएता पनि बच्चाको उमेर १६ बर्ष पूरा हुनु अगाडी बीमा समाप्त हुने गरि बीमा अवधि कायम गरिनेछ । यस बीमाको अधिकतम बीमा अवधी ३० वर्ष हुनेछ । यसमा न्यूनतम बीमाङ्क रकम ५० हजार देखि २ लाखसम्म रहेको छ । यस योजना अन्तर्गत छुटको पनि व्यवस्था गरिएको छ । जसमा वार्षिक बीमाशुल्क भुक्तानी गर्दा २५ प्रतिशत छुट गरिएको छ । अर्धवाषिक बीमाशुल्क भुक्तानी गर्दा १५ प्रतिशत छुट गरीएको छ । बीमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बीमित बच्चाको उमेर ६ वर्षपुरा भईसकेपछिको बीमालेखको वाषिर्कोत्सव मितिमध्ये जुन घटना पछि घट्छ सो मिति देखि बीमालेख अन्र्तगत जोखिम प्रारम्भ हुनेछ । तर प्रवेश उमेरको आधारमा १५ वर्षभएको बीमितको हकमा बीमा प्रारम्भ मितिले १ वर्षपछि जोखिम प्रारम्भ हुनेछ ।

यसका साथै बीमा समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा अतिरिक्त बीमाशुल्क बाहेक बीमकले भुक्तानी प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिईने छ । जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुमा रहेर कम्पनीले बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी दिइने व्यवस्था गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई बाल उज्वल सावधिक जीवन बीमा योजना
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइएमई बाल उज्जवलल सावधिक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । भर्खरै जन्मे देखि अधिकतम १५ वर्षसम्मको बच्चाको लागी यो बीमा योजना खरिद गर्न सकिनेछ । प्रस्तावकका उमेर न्युनतम १७ वर्ष र अधिकतम ६५ वर्ष निर्धारण गरिएको छ ।

न्युनतम बीमा अवधि १० वर्ष तोकिएको छ भने अधिकतम ३० वर्षसम्मको रहेको छ । बीमितको न्युनतम परिपक्वता उमेर १६ वर्ष तोकिएको छ भने अधिकतम परिपक्वता उमेर ३० वर्ष रहेको छ । प्रस्तावकको पनि परिपक्वता उमेर ७० वर्ष तोकिएको छ ।

यस बीमा योजनाका लागि न्युनतम बीमाङ्ग रकम ५० हजार निर्धारण गरिएको छ भने आयस्रोतको आधारमा २० लाख भन्दा माथिको बीमा चाहेमा अनिवार्य रुपमा प्रस्तावकको समान बीमाङ्ग बराबरको बीमा आवश्यक हुनेछ ।
बीमा सामाप्त हुने मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि कम्पनीले उक्त मितिमा बीमाङ्ग र बोनस रकम सहित भुक्तानी दिइनेछ । जोखिम प्रारम्भ हुनु अगाबै बीमितको मृन्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमकले प्राप्त गरेको अतिरिक्त बीमा शुल्क बाहेक सम्पुर्ण बीमाशुल्क फिर्ता दिइनेछ । जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमा लेखकोको शर्तहरुको अधिनमा रहि बीमाङ्ग रकम र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी दिइनेछ ।

दुर्घटना मृत्यु अन्र्तगत अतिरिक्त थप शुल्क सहित दुर्घटनावाट प्राप्त हुने यो दोहोरो मृत्यु लाभ बीमा अवधिभर वा बीमितको उमेर ३० वर्ष नपुगुन्जेलसम्म मात्र प्रदान गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS