IME Life

नेशनल लाइफको पहिलो एजेन्सी कार्यालय प्रदेश ५ को पाल्पामा

SPIL
NIC ASIA

विगत ३१ वर्षदेखि विमा क्षेत्रमा अग्रणी र अभिभावकत्वको भूमिका खेल्दै आएको नेपालको पहिलो जीवन विमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो एजेन्सी कार्यालय पाल्पामा स्थापना गरेको छ ।

तानसेन हुलाकचोकमा अवस्थित भएको यस कार्यालयले विमा क्षेत्रको व्यापकतालाई अझ वृहत बनाउने विश्वास रहेको कार्यालयकी मुख्य व्यवसाय प्रबन्धक संगिता भट्टराईले बताइन् । मुख्य व्यवसाय प्रबन्धक भट्टराई नेशनल लाइफकी आफ्नो कोड बाट बिजिनेस गर्ने नेपालकै प्रथम महिला र समग्रमा तेस्रो बिजिनेसकर्ता समेत हुन। साथै उनी पेसागत अभिकर्ता महासंघकि महासचिव समेत रहेकी छन् ।

Prabhu
Crest

उक्त कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले एजेन्सी कार्यालयको उद्घाटन गर्दै बैंक तथा वित्तिय संस्थाहरुले परम्परागत क्षेत्रमा भन्दापनि नयाँ र विकासशिल क्षेत्रमा लगानी बुढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका ५ नं. प्रदेश प्रमुख रामचन्द्र तिवारीले संस्थामा नेपाल सरकारको १० प्रतिशत सेयर रहेको बताए । कार्यक्रममा विजनेश लिडर शंकर अशान्त, तुल्सी दर्शन, गोपाल ज्ञवाली, सविन सिवाकोटी, उमेश गैरे लगायतले शुभकाना दिए । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आर्थिक समृद्धि र भविष्यका पुस्ताका लागि सबै सचेत हुनु पर्ने बताए । बुद्धिजिवी निर्मल श्रेष्ठले विमा गरि ढुक्क भएर बाच्न सबैलाई आग्रह समेत गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS