नागरिक लगानी कोषका अध्यक्षमा डा.रामचन्द्र भट्टराई शुक्रबार पदबहाली गरेका छन् । कोष सचांलक डा. रामशरण खरेलले डा. भट्टराईलाई पद तथा गोपनियतालाई शपथ गराएका थिए ।
असोज २१ गते बसेको मन्त्रीपरीषदको बैठकले कोष अध्यक्षमा डा. भट्टराईलाई नियुक्त गरेको थियो । भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसकेको अनुभव छ । साथै, उनीसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।