IME Life

हरीलाल र बीमा

SPIL
NIC ASIA

तराईमा अत्याधिक गर्मीका साथै हावा हुरीको पनि उत्तिकै डर हुन्छ । जाडो मौसममा पनि उत्तिकै चिसो हुन्छ । अत्याधिक जाडोको कारणले गर्दा बर्षिनौ मानिसहरुको मुत्यु हुन्छ ।
बारा जिल्लाको चपुरमा हरिलाल माझीको एउटा सानो र सुुखीे माझी परिवार छ । हरीलालले तरकारी र अन्नबाली बेचेर नै जिन्दगी गुजारी रहेका छन् । उनको परिवारमा श्रीमती र दुई छोरीहरु छन् । चार जनाको सुखी परिवारको दिनचर्या राम्ररी नै बितिरहेको थियो । सानो परिवार भएको कारणले गर्दा पनि घर खर्च चलाएर बालबच्चा पढाउन र केही बचत पनि गर्न पुगेकै छ ।

 

Prabhu
Crest

जाडो सुरु भएको छ । हरीलाल विहानै उठेर बजारमा तरकारी बेच्ने जाने तरर्खरमा छन् । हरीलालको श्रीमती भान्छामा खानको जोहो गर्दै छिन् । छोरीहरु विद्यालय जाने तरखरमा छन् । त्यतिकैमा पल्लो घरकी रिया आईपुगिन् । उनी इन्स्योरेन्स कम्पनीको अभिकर्ता पनि हुन् ।

रिया –दाई नमस्कार ।
हरीलाल –नमस्कार रिया नानी ।
रिया – निकै नै जाडो होला जस्तो छ नि यो साल त दाई ।
हरीलाल –हो , नी नानी जाडो भएनी गर्मी भएनी आफनो दैनिकी त्यही नै हो । बरु नानी के कती कामले आउनुभएको हो ।
रिया – दाईलाई बीमाको बारेमा केही सानो जानकारी गराउ की भनेर आएको म त खासमा भन्नुपर्दा ।
हरीलाल –बैंकमा बचत गरेकै छौ । बीमा पनि गनुपर्छ र बीमा पनि हामीहरुले गर्न सक्छौ त ? बीमा त धनी व्यक्तिहरुको लागि मात्र हो जस्तो लाग्छ हैन त बहिनी ।
रिया – बीमा भनेको धनीको लागि मात्र हैन दाई यो त सबैको लागि चाहिने चिज हो । बीमा भनेको जोखिम न्यूनिकरणको एक पाटो हो । बैंकमा बचत त सबैले गर्छन् नी दाई तर बैंकले भोलि हुने जोखिमको त पक्कै निराकारण गर्न सक्दैन । ग्रामीण क्षेत्रको लागि सरकारले लघुबीमा, स्वास्थ्य बीमा जस्ता कार्यक्रम पनि ल्याएको हुन्छ । यसैको बारेमा त म बुझाउनको लागि आज आएकी हँु ।
(यतीकैमा हरीलालकी श्रीमती चिया लिएर आउछिन् )
हरीलाल –मन्दिरा तिमी पनि एकैछिन रिया नानीको कुरा सुन न हौ ।
मन्दिरा – भईहाल्छ नी ।
रिया  – भाउजूले पनि बीमाको बारेमा सुन्नु भएको छ ।
मन्दिरा – रोडियोमा सरकारले ल्याएको सवास्थ बीमा बारेमा चै सुनेको छु ।
रिया – दाईले अघि भन्नुभयो नी बीमा त धनी व्यक्तिहरुको लागि मात्र हो भनेर त्यस्तो पक्कै पनि हैन ।
हरीलाल –बीमाको बारेमा त गाँउमा यस्तै केही हल्ला सुन्निछ ।
रिया  –ती गलत कुराहरु हुन् हामी जस्ता ग्रामीण क्षेत्रको लागि त बीमा झनै जरुरी देखीन्छ । सरकारले कृषि बीमा गर्दा ७५ प्रतिशत अनुदान पनि व्यवस्था गरेको छ । यसका साथै सवास्थ बीमाबाट पनि हामी थुप्रै लाभहरु लिन सक्छौ । तपाईले लगाएको बालीमा भोलिका दिनमा कुनै क्षती भएमा बीमा गरेको छ भने सहज रुपमा उक्त जोखीमको भुक्तानी समेत पाउँछौ । यसका साथै स्वास्थ्य बीमा तर्फमा कुनै पनि रोगको बीमा गरेमा त्यसमा पनि भुक्तानी रकम प्राप्त गर्न सक्नुहुन्छ ।
मन्दिरा –हो नी नानी अस्ती हाम्रो सानो छोरी निकै बिरामी हुदाँ ऋण खोजेर उपचार गनुपरेको थियो । रोडियोमा पनि यसको प्रचारप्रसार भईरहेको थियो र हरीलाललाई स्वास्थ्य बीमाको बारेमा कुरा गर्छु भन्दै थिए । नानी नै बुझाई दिनुभयो खुशी लाग्यो मलाई त ।
हरीलाल  –हुन पनि हो । नानी कृषि बीमाको लागि सरकारले अनुदान पनि दिन्छ भन्नुभयो यसको विषयमा केही जानकारी देउ त नानी ।
रिया  –तरकारी खेतीको हकमा भन्ने हो भने तपाईले आफनो बाली, तरकारी, फलफुल, गाई बस्तुको पनि बीमा गर्न सक्नु हुन्छ । यसको लागी तपाईले थोरै पैसा भुक्तानी गर्नुपर्छ । बीमा गरेपछि एक बर्षमा तपाईको बाली नाली र गाईबास्तु केही भएमा कम्पनीले क्षति भुक्तानी गर्छ । तर, यसको लागी तपाईले कम्पनीमा गएर प्रस्ताव फारम भर्नुपर्छ । कम्पनीको शर्तहरु हुन्छन् । त्यो पनि मान्नु पर्छ । यसमा सरकारले ७५ प्रतिशत अनुदान पनि दिएको छ ।
मन्दिरा –बीमा गर्दा त भोलिको जोखिमलाई न्यूनीकरण पनि गर्न सकिने रहेछ । हामी पनि बीमा गरनै न अब त हुन्न र ?
हरीलाल – हुन्छ नानी निकै खुशी लाग्यो यती धेरै बीमा सम्बन्धि जानकारी दिनुभयो । अब म मात्र हैन हाम्रो गाँउको सबैजनालाई बीमाको फाईदाको बारेमा म पनि सिकाँउछु ।
रिया  –ठिक कुरा गर्नुभयो दाई तपाईले आफू मात्र हैन आफूले जानेका कुरा सबैलाई सिकाउनुपर्छ ।
हरीलाल –बैंकमा मात्र बचत गरेर हुदैन रहेछ अब त म पनि बीमा गराईहाल्छु ।
रिया – म भोलि फर्म ल्याईदिन्छु अनि थप जानकारी पनि तपाईलाई दिन्छु । अहिलेलाई म लागे है । नमस्कार

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS