IME Life

आर्थिक वर्ष २०७४/७५ सम्ममा निर्जीवन बीमा कम्पनीको पौने २८ अर्ब लगानी, कुन कम्पनीको लगानी कति हेर्नुहोस्,

SPIL
NIC ASIA


आर्थिक वर्ष २०७४/७५ सम्ममा निर्जीवन बीमा कम्पनीहरुले पौने २८ अर्ब रुपैयाँ लगानी गरेका छन् । बीमा समितिबाट प्राप्त भएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/७५को असार मसान्तसम्ममा कम्पनीहरुले २७ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । गत जेठ महिनासम्ममा भने कम्पनीहरुको लगानी २५ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

निर्जीवन बीमा कम्पनीहरुलाई लगानी गर्न बीमा समितिले निश्चित क्षेत्र तोकि दिएको छ । कम्पनीहरुले सोही दायरामा रहेर लगानी गर्नुपर्छ । तर, अधिकांश कम्पनीहरुले बैंक तथ वित्तिय संस्थाको मुद्धती खातामा मात्रै लगानी गरेका छन् ।
नेपालमा सञ्चालन भएका २० निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् । नेको इन्स्योरेन्सले २ अर्ब ४६ करोड लगानी गरेको छ भने प्रिमियर इन्स्योरेन्सले २ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

एभरेष्ट इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको क्रमस ५१ करोड २ लाख रुपैयाँ र ६६ करोड ८२ लाख लगानी रहेको  छ जुन अरु इन्स्योरेन्स कम्पनीको तुलानामा धेरै कम हो ।

के छ लगानीको प्रावधान
समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुले जुनसुकै अवस्थामा पनि कुल लगानी रकमको २० प्रतिशतमा नघट्ने गरी नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र/बचतत्रमा लगानी गर्नुपर्छ ।

कम्पनीहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा लगानी गर्न पाउँछन् । कम्पनीहरुले कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयर, सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा लगानी गर्न सक्नेछन् । तर, यस्तो क्षेत्रमा लगानी गर्दा कुल लगानी रकमको बढिमा ५ प्रतिशतसम्म वा त्यसरी लगानी गरिने बैंक वा वित्त कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतमध्ये जुन घटी हुन्छ सो भन्दा बढि नहुने गरी लगानी गर्न सकिनेछ ।

कम्पनीहरुले पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा पनि लगानी गर्न पाउँछन् । समितिको प्रावधान अनुसार कम्पनीहरुले कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न सक्नेछन् । तर, कुनै एउटै कम्पनीको साधारण शेयरमा लगानी गर्दा कुल लगानी रकमको २ प्रतिशतसम्म वा त्यसरी शेयर लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतमध्ये जुन घटी हुन्छ सो भन्दा बढि नहुने गरी लगानी गर्न सक्नेछन् ।

उत्पादनशिल वा राष्ट्रिय महत्वका क्षेत्रमा पनि लगानी गर्न सक्नेछन् । तर, यस्तो क्षेत्रमा भने कम्पनीको आकर्षक कम देखिएको छ । समितिको प्रावधान अनुसार यस्तो क्षेत्रमा (जलविद्युत, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) कम्पनीहरुले आफनो कुल लगानी रकमको ५ प्रतिशतमा नबढने गरी लगानी गर्न सक्नेछन् ।

निर्जीवन बीमा कम्पनीहरुको गत आवको लगानी विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS