निर्जिबन बीमा ब्यबसायको लागि अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्सले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाका लागि बीमा अभिकर्ता तालिम सञ्चालनमा गर्ने भएको छ ।
कम्पनीले २०७५ भाद्र २० गते देखि २०७५ भाद्र २३ गते सम्म तिन दिनको बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आब्हान गरेको छ ।कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा नि:शुल्क तालिम सञ्चालन गर्न लागेको हो । निवेदकले कम्पनिको केन्द्रिय कार्यालयमा बिहान ७ बजे देखि दिउसो १२:३० सम्म तालिम सञ्चालन गर्ने छ । निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको २ प्रति फोटो पेश गर्नु पर्ने छ । संस्थाको हकमा भने कुनै एक संचालकले मात्र तालिम लिए पुग्ने जानकारी कम्पनीले दिएको छ ।