इन्स्योरेन्स खबर/सुर्खेत: सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतको वीरेन्द्रनगरमा अभिकर्ता तालीम सम्पन्न गरेको छ । कम्पनीले कर्णाली प्रदेशमै पहिलो शाखाको रूपमा सुर्खेत शाखालाई विस्तार गरेको छ । शाखा विस्तारसँगै पहिलो अभिकर्ता तालीम सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरू ग्रामिणमुखी भईरहेको समयमा सानिमा इन्स्योरेन्सले सुर्खेतलाई केन्द्रबिन्दु बनाएर अगाडि बढ्ने बताएको छ । तालिमको सहजीकरण देवेन्द्र शर्माले गर्नुभएको थियो ।
कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत बिमकको रूपमा स्थापना भएको तथा सानिमा बैंक सहित राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समूहद्वारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडकोले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।