Connect IPS
IME Life

प्रिमियर इन्स्योरेन्सको सहयोगमा कृषि (लघु) बीमा तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं, वैशाख १२ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सहयोगमा ,नवलपुर जिल्लाको गैंडाकोट स्थित सहमति संस्थाको संयोजन तथा बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाको आयोजनामा कृषि (लघु) बीमा सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Prabhu
Crest

दुई दिनसम्म चलेको कार्यक्रममा प्रिमियर इन्स्योरेन्स नारायाणगढ शाखाका शाखा-प्रबन्धक शंकर अधिकारीले कृषि बीमा अन्तर्गत फलफुल बाली बीमाबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको मुख्य प्रशिक्षक रहनु भएका प्रबन्धक अधिकारीले कृषि बीमा, यसबाट हुने फाइदा, फलफुल सुन्तला बीमा प्रक्रिया, महत्व र दाबीसम्बन्धी विषयमा जानकारी दिनु भएको थियो ।

गाउँ गाउँमा बीमाको जानकारी गराउने मुख्य उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिने कम्पनीका प्रबन्धक अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सो अबसरमा निर्जिवन बिमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनीको वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरू र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरू बारे जानकारी दिइएको थियो । कम्पनीका प्रबन्धक अधिकारीले बिमा दाबीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्य लक्ष्य रहेको बताउनु भएको थियो।

सो कार्यक्रमको समापन समहोरहमा बोल्दै बौदिकाली गाउँपालिका अध्यक्ष-दुर्गा बहादुर राना मगरले नवलपुर जिल्लाको दुर्गम ठाउँमा पनि प्रिमियर इन्स्योरेन्स कम्पनीको उपस्थितिले नया उत्साह थपेको बताउदै, आफ्नो गाउँपालिकालाई आर्थिक सुरक्षाको चेतनाले समाजमा आर्थिक बिकाश र समृद्धिको सहयात्रा सहज हुने बताउनु भयो ।

सोही कार्यक्रमलाई बुलिंगटार गाउँपालिकाकि उपा-अध्यक्ष मैना थापाले आयोजक तथा सहज कर्ताहरुलाई धन्यवाद दिदै, भबिष्यमा पनि यस्ता कार्यक्रम को निरन्तरता मा जोड दिनु भयो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS