काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनश शेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको कातिक २ गते सम्पन्न भएको २५औं वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।
उक्त साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाका वखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा फागुन १९ गतेदेखि नै बोनश शेयर जम्मा गरी सकिएको कम्पनीले जनाएको छ ।
साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले यस संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीहरुको खातामा जम्मा गरिने जनाउँदै भौतिक रुपमा शेयर धारण गरेएका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।












