IME Life New

सानिमा मिडिल तमोरको दशौं वार्षिक साधारण सभा असोज २९ गते, यस्ता छन् एजेन्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड दशौं वार्षिक साधारण सभा असोज २९ गते बुधबार हुने भएको छ । सभा बिहान ११ बजे हुनेछ । सभा कुण्डलिनी दरबार ब्याङ्क्वेट, का.म.न.पा.४, चण्डोल, काठमाडौंमा हुने जनाएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत दशौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

Crest

सभाले लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८२/ ०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS