काठमाडौं । छ्याङ्दी हाइड्रोपावर जेठ २३ गतेबाट निष्काशन गरेको १०० प्रतिशत हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।
कम्पनीको यो हकप्रदमा शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट अनलाइनन आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ जेठ १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रद शेयरमा खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

















