IME Life New

९ दिनपछि शेयर बजारमा करेक्सन, सवा १४ अर्बको कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । लगातार ९ दिन बढेको बजारमा आज भने दोहोरो अंकको करेक्सन देखिएको हो । आज शेयर बजार नेप्से परिसुचक १३ दशमलव ६२ अंकले घटेर २८७६ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३ सय कम्पनीको ३ करोड १२ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भउको छ ।

Crest

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ दशलमव ८५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ७ दशलमव २५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS