IME Life New

७ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २५ अर्बमाथि, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ७ महिनाको अवधिसम्ममा २५ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले माघ मासान्तसम्ममा २५ अर्ब ४० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

Source : Beema Samiti

७ महिनाको अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा ५ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा १ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यूनियन लाइफले १ अर्ब ९९ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ४३ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ३३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब १४ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब १० करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब ८ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब १४ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब १० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, समितिको तथ्याङ्क अनुसार ज्योति लाइफले १ अर्ब ८ करोड रुपैयाँ, सिटिजन लाइफले ८९ करोड रुपैयाँ र रिलयान्स लाइफले ८८ करोड रुपैयाँ, मेट लाइफले ८१ करोड रुपैयाँ, आइएमई लाइफको ७४ करोड रुपैयाँ, सानिमा लाइफले ७२ करोड रुपैयाँ, सन नेपाल लाइफले ५५ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ५४ करोड रुपैयाँ, प्रभु लाइफले ५२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले यहि अवधिमा ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्। बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कमा प्रथम बीमा शुल्क आर्जनको हिस्सा २८ दशमलब ७० प्रतिशत रहेको छ। पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी नविकरण मार्फतको बीमा शुल्क आर्जन धेरै भएकाले प्रथम बीमा शुल्क कम देखिएको हो। नविकरण बीमा शुल्क आर्जन भने ४८ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS