IME Life New

७७ वटै जिल्लामा लघुबीमा सञ्चालन गर्ने योजनामा बीमक संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको दायरामा ल्याउन नसकेका न्यून आय भएका जनताका लागि सञ्चालित लघु बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको देखिएको छ । लघुबीमा कार्यक्रम प्रभावकारी भएपछि हाल ७१ जिल्लामा सञ्चालित लघुबीमा कार्यक्रमलाई ७७ वटै जिल्लामा सञ्चालन गर्ने योजनामा नेपाल बीमक संघ रहेको छ ।

नेपाल बीमक संघले युके एडसँग मिलेर सञ्चालन गरेको कार्यक्रममा हुदाँ खाने जनता, विकट क्षेत्रका न्यून आय भएका जनताले लाभ पाउन थालेपछि थप विस्तार गर्न लागिएको हो ।

Esewa
Crest

बीमामा सहभागी गराउन उक्त कार्यक्रम बढी केन्द्रित रहेको र बीमा पहुँचमा पनि यसको उल्ल्लेनीय योग्दान रहेको नेपाल बीमंक संघका कार्यकारी निर्देशक दोरन प्रसाद आचार्यको भनाई छ । हाल ७१ जिल्लमा मात्र रहेको कार्यक्रलाई ७७ वटा जिल्लमा नै विस्तार गर्न संघको योजना रहेको कार्यकारी निर्देशक आर्चायले बताए ।

नेपाल बीमंक संघ र युुके एड सक्षमको सहकार्यमा सञ्चालित लघुबीमा कार्यक्रमले ग्रामीण क्षेत्रमा बसोबार गर्ने अन्य बीमाको दायराले समावेश गर्न नसकेका न्यून आय भई जिविकोपार्जन गर्न समुदायको दैनिक जीवनमा आईपर्ने जोखिम न्यूनकरणमा राहत पुर्याएको संघले जनाएको छ ।

उक्त लघुबीमा कार्यक्रम संचालमा ल्याएको दुई बर्ष पूरा भईसकेको छ । नेपाल बींमक संघले २०७४ असार देखि संचालनमा ल्याएको उक्त कार्यक्रमको अवधि एक बर्ष अझै बाँकि रहेको छ । लघुबीमा न्यून आय, आर्थिक र सामाजिम कारणबाट हुने जोखिमउन्मुख वर्गका व्यक्ति तथा समुदायलक्षित गरि निजहरुको जीवन तथा सम्पत्ति सुरक्षा गर्न ल्याएको बीमा हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS