IME Life New

ज्योति लाईफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न,६६ करोडको आईपिओ ल्याउने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

बुधबार कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आव २०७५।०७६ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको छ । वित्तीय विवरण स्वीकृत गरेसँगै कम्पनीलाई आईपिओ जारी गर्ने बाटो खुलेको छ । कम्पनीले ६६ करोड रुपैयाँको आईपिओ सम्भ्वतः मंसिर महिनाभित्रैमा जारी गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजि एक अर्ब ५४ करोड रुपैयाँ छ । आईपिओ जारी गरेपछि कम्पनीको कूल चुक्ता पुँजि दुई  अर्ब २० करोड पुग्नेछ ।

Esewa
Crest

आज सम्पन्न साधारणसभाले साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल एक अर्ब एक करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ संकलन गरेको तथा ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ मात्रको जीवन बीमाकोष समेत खडा गरेको जानकारी दिएका छन् ।

कम्पनीले गरेको लगानीको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार ०६१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिँदै उल्लेखित विवरणहरु पारित गरेको छ ।

साधारणसभामा कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले हालसम्म कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा स्थापना गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए । साथै उनले आब ०७५÷०७६ मा कुल रु १० करोड ७८ लाख ७४ हजार ७२६ रुपैयाँ वतरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य रु १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनस दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको जानकारी गराएको कम्पनीले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS