IME Life New

६५ जिल्लामा पुग्यो स्वास्थ्य बीमा, चैत्रभित्र ७७ वटै जिल्लामा पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप तीन जिल्लामा स्वास्थ्य बीमा सेवा विस्तार गरेको छ । बोर्डले यही पुस महिनामा पाँचथर, सल्यान लमजुङमा स्वास्थ्य बीमा सेवा विस्तार गरेको जनाएको छ । थप भएको जिल्लासँगै स्वास्थ्य बीमा सेवा ६५ जिल्लामा विस्तार भएको छ । कूल ७७ जिल्ला मध्ये १२ जिल्लामा सेवा विस्तार बाँकी छ । बोर्डका अनुसार हालसम्म ३५ लाख जनसंख्या स्वास्थ्य बीमाको दायरामा आइसकेका छन् ।

पाँचथरमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भौतिक पूर्वधार एवम् यातायात मन्त्री वसन्त कुमार नेवाङ्गलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेर औपचारिक रुपमा स्वास्थ्य बीमा सेवा सुरु गरेका हुन् । भौतिक पूर्वधार एवम् यातायात मन्त्री वसन्त कुमार नेवाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमसँगै अब पाँचथर जनताले स्वास्थ्य बीमा सुविधा सेवा पाउने भएका छन् ।

Esewa
Crest

लमजुुङमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक विकास मन्त्री  नरेन्द्र पुनले सयुक्त रुपमा उद्घाटन गरेका छन् । लमजुङमा उद्धघाटन भएसँगै लमजुङवासीले उक्त सुविधा पाउने भएका छन् ।

त्यस्तै, सल्यानमा सवास्थ्य तथा जनसङख्या मन्त्री नवराज रावतको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमसँगै अब सल्यानवासीले स्वास्थ्य बीमा सुविधा सेवा पाउने भएका छन् ।

३ जिल्ला विस्तार गर्ने कार्यक्रममा बोर्डका कार्यकारी सदस्य चन्द्र थापाको समेत उपस्थिति रहेको थियो । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले आगामी दिनमा थप ३ वटा जिल्लामा स्वास्थ्य बीमा सेवा सुरु गर्न लागेको जानकारी दिए । उनले भने, ‘हामी थप ३ जिल्लामा स्वास्थ्य बीमा सेवा सुरु गर्दैछौं ।’ ३ जिल्ला पश्चात् ९ वटा जिल्लामा मात्र नागरिकको पँहुच मात्र बाँकि रहने उनले बताए । सरकारको लक्ष्य यस आर्थिक बर्षभित्र ७७ वटै जिल्लामा स्वास्थ्य बीमा पुराउने भएपनि हाम्रो लक्ष्य अनुरुप चैत मसान्तसम्ममा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा पुराउने रहेको  बताए ।

नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमा मातहत छुट्टै स्वास्थ्य बीमा बोर्ड गठन गरी जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य बीमाको लागि पाँच जनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेपछि बार्षिक एक लाख रुपैयाँको औषधोपचार खर्चको दायित्व बहन गर्नेछ ।

स्वास्थ्य बीमा सेवाका कारण अति विपन्न, जेष्ठ नागरिक, पूर्ण अशक्त, स्वास्थ्य संवयमसेवक, र आर्थिक अवस्था कमजोर भएका क्यानसर, क्षयरोग जस्ता दिर्घरोग लागेका मानिसहरुले सर्वसुलभ रुपमा बीमा सेवा पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS