IME Life New

४ कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा ४ कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । बोनश शेयरपछि मुल्य समायोजन हुने कपनीहरुमा एनएमबि बैंक, एभरेष्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी हुन् ।

नेप्सेले एनएमबिको २१ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरी प्रतिकित्ता ३३२ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

Esewa
Crest

नेप्सेले एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४१ रुपैयाँ ९० पैसा कायम गरेको छ।

त्यसैगरी, नेप्सेले इन्फिनिटी लघुवित्तको १० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१९ रुपैयाँ ९ पैसा कायम गरेको छ ।

त्यस्तै, नेप्सेले पोखरा फाइनान्सको ७ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १३७ रुपैयाँ ३८ पैसा कायम गरेको छ।

यी चारवटै कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । आइतबार चारवटै कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS