काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३५ दशलमव ५५ अंकले बढेर २,६९६ को विन्दुमा कायम भएको छ । आज १८९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















