IME Life New

२५ लाखभन्दा बढि युवा विदेशमा, जम्मा १६ लाखको मात्रै म्यादी बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनौपचारिक तथ्याङ्क अनुसार २५ लाखभन्दा बढि युवाहरु देशबाहिर रोजगारीको सिलसिलामा छन् । तर, विदेश जाँदा अनिवार्य गरिएको म्यादी बीमा भने जम्मा १६ लाखले मात्रै गराएका छन् ।

बैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाँईले हालसम्म ४० लाख युवाले बैदेशिक रोजगारीको सिलसिलामा विदेश यात्रा गरेको बताए ।आजको मितिमा नेपाल बाहिर कति नेपाली कामको सिलसिलामा छन् भन्ने एकिन तथ्याङ्क नेपाल सरकारसँग समेत छैन ।

Esewa
Crest

गत बर्षको तथ्याङक हेर्ने हो भने  वैदेशिक रोजगारमा जाने युवाहरुले १६ लाख ६१ हजार १ सय ७ वटा म्यादी बीमा योजना लिएको बीमा समितिको तथ्याङ्कले देखाएको छ । यसभन्दा बाहेकका युवाहरुको बीमा गराएका छैनन् वा नविकरण नै हुन नसकेको अवस्था रहेको जनाउँछ ।

बीमा समितिको तथ्याङ्क हेर्ने हो भने आधा भन्दा बढी वैदेशिक रोजगारमा गएका युवाहरुले म्यादी बीमा नलिएको देखाउछ । सरकारले वैदेशिक रोजगारमा जाने युवालाई म्यादी बीमा अनिवार्य गराएको छ । तर, अनिवार्य गरिएको म्यादी बीमाको दायरा बाहिर ठूलो संख्या रहेको देखिएको छ ।

वैदेशिक रोजगार विभागले यस अघि भदौ एक गते ऐन संसोधन गरेको थियो । उक्त समयमा सरकारले वैदेशिक रोजगारीबाट फर्की सोहि काममा पुनः विदेश जाने कामदारका लागि म्यादी बीमा अनिवार्य गरेको थियो ।

बीमा समितिको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ मा ९ लााख ३३ हजार ८ सय ७१ जनाले म्यादी बीमा लिएका थिए । त्यस्तै आ.व २०७३/७४मा ६ लाख ४४ हजार १सय ३ जना, आ.व २०७४।७५मा ६ लाख ४८ हजार ८४ जनाले म्यादी बीमा लिएका छन् ।

वैदेशिक रोजगारीमा जाँदा कामदारले अनिवार्य रुपमा १० लाख रुपैयाँको बीमा गनुपर्ने व्यवस्था रहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कामदारको मृत्यु भएका आश्रित परिवारले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी पाउने व्यवस्था रहेको छ ।

सरकारले विदेशमा रहेका सबै कामदारलाई म्यादी बीमाको दायराभित्र ल्याउन सहजीकरण गर्न खोजिरहेको छ । वैदेशिक रोजगार विभाग र बीमा समितिको समन्वयमा म्यादी बीमाको नविकरण अनलाईन मार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS