IME Life New
GBIME

२४ वर्षकै उमेरमा एजेन्सी म्यानेजर सम्हाल्दै आएकी सफलता अर्याल जो बीमाप्रति नकारात्मक सोच भएकालाई सकारात्मक बनाउनु आफ्नो कर्म ठान्छीन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै समय क्याफे व्यवसाय गर्छु भन्दै पोखरा लेकसाइड पुगेकी थिइन् सफलता अर्याल । योजना अनुसार उनकि दिदी र उनी मिलेर क्याफेको उद्घाटन पनि गरिन् । चिनेजानेका आफन्त र साथीभाइको उपस्थितिमा भएको क्याफे उद्घाटन उनको जीवनको टर्निङ प्वाइन्ट नै बनिदियो । गुँरास लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर कृष्ण बहादुर भट्टराईसँगको चिनजान पहिलेदेखि नै थियो । चिनजान राम्रो भएकोले सुखद समयमा उनले भट्टराईलाई पनि क्याफे उद्घाटनमा बोलाएका थिए । धेरै अघिदेखि सफलतालाई अभिकर्ता बन्न प्रेरित गर्दै आएका कृष्णले उक्त समयमा पनि सोहि कुरा दोहोराए । भट्टराईको प्रस्तावलाई तत्काल स्वीकार गर्न सक्ने अवस्थामा नभएकोले लामो समयसम्म नाइनास्ति गरिरहिन् । सो समय स्वयमको बीमा गर्ने पैसा समेत नभएका सफलता हाल भने गुँरास लाइफ इन्स्योरेन्सको पोखरा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत छिन् ।

Crest

नाइनास्तिबाटै सुरु भयो अभिकर्ता पेशा
सात वर्षअघि सफलताले अभिकर्ता पेशा सुरु गरेकी थिइन् । उक्त समय क्याफेमा लगानी गरेका सफतलासँग बीमा गर्ने पैसा नै थिएन । लगानी गरेपछि स्टाफलाई तलब दिने, सरसामान खरिद गर्नमै केहि समय बित्ने भएकोले अभिकर्ता बनिहाल्न उनको लागि मुस्किल थियो । जसकारण उनी सिनियर एजेन्सी म्यानेजर कृष्ण बहादुर भट्टराई आफ्नो क्याफेमा आएको देख्ने वित्तिकै लुक्ने गर्थिन् । यत्तिसम्म कि कृष्णले रातो रङको कार चढ्ने हुँदा रातो रङको कुनै पनि कार देख्नेबित्तिकै उनी लुक्न पुगिहाल्थिन् । सफलताको समस्याबारे थाहा पाएपछि कृष्ण भट्टराईले सहयोग गर्ने प्रस्ताव गरे । सफलताले १५ लाख बिमाङ्कको बीमा गरिन् र अभिकर्ता पेशामा प्रवेश गरिन् । यसरी लामो समयसम्मको नाइनास्तीबाट सुरु गरेको पेशाले उनी मात्रै होइन उनको परिवारकै भविष्य उज्वल बनाइदिएको छ ।

माल्टा जाने भिषा क्यान्सिल गरेर अभिकर्ता
उच्च शिक्षा अध्ययन सकिएसँगै हर नेपाली युवाको पहिलो रोजाई बैदेशिक रोजगारी हुन्छ । जुन रोजाई सफलताको पनि बन्न पुग्यो । उनले बैदेशिक रोजगारीका लागि माल्टा जाने सोच बनाइन् र अप्लाई पनि गरिन् । भाग्य भनौ या उनको लक भिषा पनि आयो । यतिन्जेल उनी अभिकर्ता पेशामा भिजिसकेकी भएर होला भिषा क्यान्सिल गरेर उनीले अभिकर्ता पेशामा जम्ने सोच बनाइन् । घरपरिवार, साथीभाई, आफन्तदेखि टाढा बस्नुपर्ने परदेशी जीवनभन्दा अभिकर्ता पेशा नै ठिक लागेपछि उनी यतै रमाउन थालिन् । अहिले उनी विदेशमा भन्दा राम्रो कमाई गर्छिन् अभिकर्ता पेशाबाट ।

अभिकर्ता पेशा सुरु गरेको तीन महिनामै एमडीआरटी
सफलताले लामो समयदेखि नाइनास्ति गर्दै आएको अभिकर्ता पेशाले थोरै समयमै उनलाई ठूलो सफलता हात पार्न सघाउ पुर्यायो । उनले अभिकर्ता पेशा सुरु गरेको तीन महिनामै एमडीआरटी क्वालिफाइड भइन् । सुरुवाती दिनमा व्यवसाय नहुँदा केहि डर भने पक्कै लागेको थियो उनलाई । राम्रै व्यवसाय गर्दै आएको क्याफे छोडेर अभिकर्ता पेशामा होमिएकी उनलाई करिब एक महिनासम्म व्यवसायले गति नलिँदा कतै गल्ती भयो कि जस्तो लागेको थियो । तर एमडीआरटी भनेको के चाँही रहेछ, यसमा कसरी पुग्न सकिएला भन्ने एक खालको उत्सुक्ताले पेशाबाट पछि भने हटिनन् । पेशा अंगालीसकेपछि सफल हुनैपर्छ भन्ने दृढताका कारण उनी सक्रिय रुपमा लागिरहिन् । जसकारण तीन महिनामै एमडीआरटी क्वालिफाइड भइन् । यो सफलतासँगै उनी अभिकर्ता पेशामा जम्न थालिन् । कामप्रतिको लगावले सानै उमेरमा प्रगती गरेकी उनले अबको बाँकी दिन थप प्रगतीका साथ अघि बढ्ने अठोट लिई निरन्तर अघि बढिरहिन् । उनी अहिले टिम लिडरको रुपमा काम गर्दै आइरेकी छिन् । टिममा ६० जनालाई लिड गर्ने उनले बार्षिक व्यक्तिगत र टिमबाट गरि २ करोडको हाराहारीमा प्रिमियम संकलन गर्दै आएकी छिन् । व्यक्तिगतभन्दा टिमको टार्गेट पूरा गर्न लागि परेका उनले गत वर्ष केहि रुपैयाँको कमी भएपछि एमडीआरडी टार्गेट पुरा गर्न सकिनन् । तथापी, आगामी दिनमा कम्पनीले राखेको विभिन्न टार्गेट पूरा गर्ने लक्ष्य भने राखेकी छिन् उनले ।

प्रेग्नेन्सी अवधिभर पनि उनी अभिकर्तामै रमाइरहिन्
अभिकर्ता पेशालाई एउटा पेशा मात्र नभई सेवाको रुपमा लिन्छिन् सफलता । आफूसँग जोडिएका बीमितको समस्यामा अभिकर्ता सहयोगका लागि अग्र भागमा हुन जरुरी ठान्छिन् उनी । उनको उपस्थितिबिना बीमितलाई कतै गाह्रो अप्ठेरो पर्छ कि भन्ने सोच्छिन् । जसले गर्दा उनी आफ्नो जीवनको महत्वपूर्ण समय प्रेग्नेन्सीमा समेत घरमा बस्न रुचाइनन् । दैनिक भेटघाट र कुराकानीमा व्यस्त हुने उनी प्रेग्नेन्सीमा घर बस्न सकिनन् । निरन्तर आफ्नो काममा व्यस्त रहेकी उनी आफ्नो डेलीवरी हुनुभन्दा एकदिन अघिसम्म पनि काममै व्यस्त थिइन् । कामप्रतिको लगावकै कारण यसरी निरन्तर काम गर्न सफल भएको उनी सुनाउँछिन् । प्रेग्नेन्सी अवधिभर मात्र नभई बच्चा जन्मेको दुई महिनाबाटै उनी पुन काममा फर्किइन् । श्रीमान पनि यहि पेशामा भएकोले उनलाई काममा थप सहयोग मिलेको छ । श्रीमान् श्रीमती दुवै जनाको कोडबाट व्यवसाय गर्ने भएकोले पनि व्यवसाय थप बलियो भएको उनी बताउँछिन् ।

योजनाबद्ध रुपमा अघि बढे सफल भइन्छ
सफलता अर्यालको जीवनमा सफलता त्यसै आएको भने होइन । उनी हरेक दिन योजनाबद्ध रुपमा अघि बढ्ने गर्छिन् । आफ्नो वरिपरि रहेको प्रत्येक पसलमा बीमा प्रस्ताव लिएर जाने गर्छिन् । उक्त पसलमध्ये कुनमा बीमा गरे र कुनमा गरिन त्यो पनि टिपोट गर्थिन् । आफूले बीमा गराउन नसकेको पसलहरुको आफ्नो टिम लिडरलाई ल्याएर कन्भिन्स गराउन लगाउँथिन् । यसरी उनी आफ्नै योजनामा चल्ने भएकोले सफल भएकी हुन् । पोखरामा खासै आफन्त नभएको हुँदा सुरुमा व्यवसाय गर्न सक्दिन कि भन्ने लागेको उनलाई योजनामा काम गरेपछि भने काम गर्न आफन्त नचाहिने आभाष भयो । सात वर्षको दौरानमा उनले थुप्रै बीमितसँग साक्षत्कार गर्ने मौका पाइन् । केहि बीमाप्रति सकारात्मक सोच बोकेका व्यक्तिहरु भेटिए भने केहि नकारात्मक सोच भएका पनि भेटिए । नकारात्मक सोच भएकालाई बीमाप्रति सकारात्मक बनाउनु नै अभिकर्ताको मुख्य भूमिका रहेको उनी बताउँछिन् ।

अभिकर्ताले कहिल्यै पनि धनी गरिबको घर हेर्न नहुने उनको अनुभव छ । बीमा प्रत्येक व्यक्तिलाई आवश्यक रहेको हुँदा हरेका घरमा बीमा प्रस्ताव लगेर जानु उचित हुन्छ । अभिकर्ताले बीमा पोलिसी खरिद गर्नु भनेको बीमितको सिंगो परिवारलाई नै आर्थिक सुरक्षा दिनु हो । तसर्थ डोनेसनभन्दा सेभिङ गर्नु राम्रो हो भनेर बुझाउन सक्नुपर्छ । सेभिङ बैंक, फाइनान्स, बीमा सबैमा हुन्छ । तर सुरक्षाको हिसाबले बीमा मार्फत सेभिङ गर्नु उत्तम छ । मानव जीवनमा कुन समय कस्तो समस्या आइपर्छ त्यसको कुनै ग्यारेन्टी नभएकोले पनि आर्थिक संकटबाट जोगिन बीमा गर्नुपर्छ लगायतका कुराहरुलाई अभिकर्ताले प्राथमिकतामा राख्नुपर्ने सफलता बताउँछिन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

0%

दु :खी

36%

अचम्मित

9%

उत्साहित

9%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS