IME Life New

१ अर्ब ५० करोडको आईपीओ जारी गर्दै मध्यभोटेकोसी, प्रत्याभूति सम्झौता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले शेयर निष्कासनका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।

कम्पनीले सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्नेछ भने सर्वसाधारणका लागि छुटाएको १५ प्रतिशतले हुन आउने ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नको लागि नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्झौता गरेको छ । मध्य भोटेकोसी जलविद्युत आयोजनाले एक अर्ब ५० करोड बराबरको शेयर मूल्यको प्रत्याभूतिका लागि कोषसँग सम्झौता गरेको हो

Esewa
Crest

कम्पनीले यसअघि पहिलो चरणमा कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ताका लागि १९.५ प्रतिशत अर्थात १ करोड १७ लाख कित्ता, संस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी कुल १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS